मेडिकल व्यवशायी दुर्गा प्रसाइको रिहाइ नगरे अनिश्चितकालिन नेपाल वन्दको घोषणा

फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द आह्वान

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन ७ १०:३० बजे
दुर्गा प्रशाइ

काठमाण्डौ। मेडिकल व्यवशायी  दुर्गा प्रसाईंको सचिवालयले ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सचिवालयले सरकारले कुनै ठोस आधारबिना प्रसाईंलाई हिरासतमा राखेको आरोप लगाउँदै उक्त कदमप्रति आपत्ति जनाएको हो। जारी विज्ञप्तिमा नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोलिएको उल्लेख गर्दै सरकारको कदमलाई दमनकारी, अलोकतान्त्रिक र अन्यायपूर्ण भनिएको छ।

सचिवालयका अनुसार प्रसाईंले उठाएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उनलाई बन्दी बनाइएको दाबी गरिएको छ। रिहाइको माग गर्दै पटक–पटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि आफूहरू कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको जनाइएको छ।

घोषणाअनुसार फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द आह्वान गरिएको छ। बन्दका क्रममा सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठान पूर्ण रूपमा बन्द गरिने बताइएको छ। साथै देशभरका मुख्य चोक तथा जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा आयोजना गरिने सचिवालयले जनाएको छ।

महाअभियानले बौद्ध–किरातसहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था पुनःस्थापनापछि मात्र चुनाव गर्नुपर्ने माग दोहोर्‍याएको छ। साथै आफ्नो अभियानले अघि सारेका २७ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ। सचिवालयले प्रसाईंलाई ससम्मान रिहा नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ।


२०८२ फागुन ७ १०:३० बजे

प्रतिक्रिया