नेकपाका महासचिव ॠषि कट्टेल काठमाडौँको पार्टी अफिसवाट पक्राउ

सरकारले राजनितिक आस्थाका आधारमा पक्राउ गरेर सविधान र कानुनको गम्भीर उलङधन गरेको छ।

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन ६ २०:१४ बजे
नेकपाका अध्यक्ष ऋशि कट्टेल

काठमाण्डौ।   नेकपाका महासचिव ॠषि कट्टेल काठमाडौँ  पार्टी अफिस वाट आज पक्राउ परेका छन्। सादा पोसाकका प्रहरीले  ७५ वर्षीय कट्टेलाई काठमाडौँस्थित उन्कै पार्टी कार्यालयबाट पक्राउ गरेको हो।

कट्टेलको पार्टी समेतले आगामी फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ।   कट्टेलसँगै सो पार्टीका विष्णुप्रसाद तिमल्सिनालाई पनि पक्राउ छन। 

निर्वाचन बिथोल्ने अभियानमा लागेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पनि पक्राउ गरिसकेको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि पक्राउ गरेको छ।  निर्वाचन वहिष्कारको घोषणा गरेका अन्य वामन्पथी पार्टीका नेताहरुको पनि खोजी भइरहेको प्रहरी श्रोतले जनाएको छ। 

 कुनै पनि निर्वाचनमा सहभागी हुने वा नहुने अधिकार सवै नेपाली जनता लाई रहेको छ।  सर्वो्च्च अदालतले पनि निर्वाचनको मतपत्रमा नो भोटको व्यवस्था गर्नु भनि सरकारको नाममा आदेश गरेको अवस्थामा चुनाव वहिष्कार गर्न पाउने जनताको कानुनी तथा सँवैधानिक अधिकार माथी शुसिला सरकारले गम्भिर आधात पुर्याएको छ।


२०८२ फागुन ६ २०:१४ बजे

प्रतिक्रिया