रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १३:०० बजे
मृत्यु

काठमाडौं । आज बिहान रौतहटमा चट्याङ लागेर तीन महिलाको  ज्यान गएको र एक  महिला घाइते भएकी छन् ।   

धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ  लागेर उनिहरुको ज्यान गएको हो ।  रौतहटको गरुडा नगरपालिका-३ स्थित स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएकी १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उनकी १७ वर्षीया छोरी जगिया कुमारीको ज्यान  गएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकी ४० वर्षीयासहेली देवी सहनीको उपचार भइरहेको छ।

२०७९ भदौ १४ १३:०० बजे

प्रतिक्रिया