दुर्गा प्रसाइ पछि धर्मेन्द्र वास्तोला पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन ५ २०:१५ बजे

काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार आज (फागुन ५) बास्तोलालाई पक्राउ गरेको हो । 

उनलाई सुन्धारा आसपास क्षेत्रमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित गतिविधि सञ्चालन गर्दै आएको छ । 

निर्वाचन विरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनी माथि अनुसन्धान सुरु गरिएको जनाइएको छ । प्रहरीले नेकपा बहुमतसहित बहिष्कारवादी दललाई निगरानीमा राखेको छ । निर्वाचनविरोधी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले सोमबार हिजो (फागुन ४) मा दुर्गा प्रसाईंलाई पक्राउ गरी हिरासतमा लिएको थियो । 


 





२०८२ फागुन ५ २०:१५ बजे

प्रतिक्रिया