रामवहादुर चौधरी महान क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा नै रहेको प्रष्टता

कतै केहि प्रतिक्रियावादी राज्य सत्ताको जुटो पिरो खानपाइन्छ की खानानपाए हेर्न देख्न पाईन्छ की सो पनि नपाए सुघ्न वा वासना सम्मको अनुभुति प्राप्त गरेर आनन्दित हुन सकिन्छकी भन्ने आशाले प्रवेश गरेका छन।

bimbonline बिम्ब अनलाइन
२०८२ माघ १८ १२:३० बजे

धनगढी। यहि माघ १३ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका भिमप्रशाद चापागाई सहित केहि व्यक्तिहरु प्रचण्ड सँयोजक रहेको नेकपामा प्रवेश गर्ने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम रामवहादुर चौधरी महानको  नाम पनि प्रवेश गर्ने लिष्टमा राखेर भ्रम सृजना गरेको सम्वन्धमा महानले एक वक्तव्य जारी गर्दै प्राविधिक कारणले एक सहयोगीको फेसवुकवाल वाट आज पोष्ट गरेको छन।

वक्तव्यमा भनिएको छ-क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका भिमप्रशाद चापागाई सहित केहि व्यक्तिहरु मिति २०८२ माघ १३ गते नेपाली कम्युनिष्ट पार्टी नामक दक्षिणपन्थी प्रतिक्रियावादी पार्टीमा प्रवेश गरेका थिए। सो क्रममा मेरो नाम पनि पार्टी प्रवेश गर्ने लिष्टको ३ न.मा राखेका रहे छन। यसले पार्टी पङ्ति आमजनतामा पर्न गएको भ्रम दोविधालाई स्पष्ट गर्ने यो वक्तव्य जारी गरेको छु।

नेपाली कम्युनिष्ट पार्टी- नेकपा एकिकृत माओवादीको परिवर्तन नाम हो ।प्रचण्डको नेतृत्वको माओवादी पार्टी दक्षिणपन्थी सँशोदनवादमा पतन भएकोले यसले नेपालमा जनवादी-वैज्ञानिक समाजवादी क्रान्ति गर्ने सक्दैन सँसदिय व्यवस्थामा पतन भएको ठहर गर्दै आज भन्दा १ दशक पहिले नै मैले सो पार्टी वाट विद्रोह गरी क्रान्तिकारी पार्टी निर्माण गरेका थियौ। अहिले सो पार्टी क्रान्तिकारी रुपान्तरण नभइ भ्रष्टाचारीको आरोपमा मुद्दा खेपिरहेका माधव कुमार नेपालले नेतृत्व गरेको घोर दक्षिणपन्थ पार्टी सँग एकता गरेर विभिन्न स्बार्थ समुहहरु लाई जम्मा गरेर निर्माण गरेको पार्टी हो। यस पार्टीको निति सिदान्त कार्यदिशा सँग मेरो गम्भिर आपति रहेको छ।

 महान सँगको भेटघाट पछि दायाँ वाट क्रमश क.टँक कोइराला क. महान क.लोकवहादुर वि.क.

वक्तव्यमा लेखिएको छ हाम्रो पार्टीवाट केहि व्यक्तिहरु राजनिति सिदान्त लाई त्यागेर कतै केहि प्रतिक्रियावादी राज्य सत्ताको जुटो पिरो खानपाइन्छ की खानानपाए हेर्न देख्न पाईन्छ की सो पनि नपाए सुघ्न वा वासना सम्मको अनुभुति प्राप्त गरेर आनन्दित हुन सकिन्छकी भन्ने आशाले प्रवेश गरेका छन। राजनिति वाहेक मेरो अन्य कुनै स्वार्थ चाहना नभएकोले मेरो सल्लाह सहमति विना मेरो नाम पार्टी प्रवेश गरेको लिष्टमा राख्ने कार्यप्रति खेद प्रकट गर्दै निन्दा भत्सना गर्दछु। म क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिष्टव्युरो सदस्यको जिम्मेवारीमा रहेर नै आज सम्म काम गरिरहेको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश नगरेको यसै वक्तव्य वाट स्पष्ट गर्न चाहन्छु भनि वक्तव्यमा उल्लेख गरेका छन।

महानले जारी गरेको वक्तव्यको पुर्णपाठ-                                    


२०८२ माघ १८ १२:३० बजे

प्रतिक्रिया