चक्रे सोध्छन : सिंहदरबार, सर्वोच्च जलाउने गुण्डा होइन ?

दलाल सँसदीय व्यवस्थाले उत्पादन गरेका प्रतिनिधिमुलक पात्रहरु मध्येका एक हुन चक्रे मिलन।

bimbonline बिम्ब अनलाइन
२०८२ माघ १४ १४:१६ बजे

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोर्खा क्षेत्र नम्बर–२,मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका मिलन गुरुङ उर्फ चक्रे मिलन घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन्।घरदैलोका क्रममा मतदातासँग खुलेर संवाद गर्दै उनले आफूलाई ‘गुण्डा’ भन्नेहरूप्रति आक्रोश व्यक्त गरेका छन्।

उनी भन्छन्,“मलाई भन्छन् नि त— ‘गुण्डा, सुन्डा भन्छन्।’ तपाईंहरू डिफेन्ड गर्नु, गुण्डा के? गुण्डा कसको? सिंहदरबार जलाएको चाहिँ गुण्डा हुन्न? अदालत जलाएको चाहिँ गुन्डा हुन्न? भ्रष्टाचार गर्ने गुण्डा  हुन्न?त्यो सहकारी भ्रष्टाचारी गर्ने चाहिँ (ठगी गर्ने भन्न  खोजेको होला) गुण्डा हुन्न।

आफ्नो विगतबारे टिप्पणी गर्दै नजिकैको एक साथीलाई देखाउँदै उनी थप्छ्न्,“नर्मल्ली दाइको उमेरमा त दाइले पनि एक–दुई सट हान्यो होला नि। हो कि होइन? एक–दुई सट त जसले नि हान्यो होला नि” फरक यति हो मैले खुकुरीले हाने। म  कसरी गुण्डा भए?

चक्रे मिलनको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। कतिपयले उनको स्पष्टवादी शैलीको समर्थन गरेका छन् भने कतिपयले हिंसा र आपराधिक पृष्ठभूमिलाई हल्का रूपमा लिएको भन्दै आलोचना गरेका छन्।

यसैबीच, सामाजिक सञ्जाल प्रयोगकर्ता मदन लक्रान्द्रीले उनको अभिव्यक्तिप्रति  टिप्पणी गर्दै लेखेका छन्, “जाबो मान्छे पो मारेको हो नि, के गुण्डा होइन त?”

दलाल सँसदीय व्यवस्थाले उत्पादन गरेका प्रतिनिधि मुलक पात्रहरु मध्येको एक हुन चक्रे मिलन। यस्तै प्रवृतिकाले चुनाव जित्ने साँसद मत्री हुने गरेका छन।


२०८२ माघ १४ १४:१६ बजे

प्रतिक्रिया