माधव पोखरेल आफ्नो फेसवुक पेजमा यस्तो स्टाटस लेख्दै वावुराम भट्टराइको जस्तै फोटो देखिने काटुन पोष्ट गरेकाछन। जस्मा लेखिएको छ-अहिले नेपालको शासन–सत्ता शेरबहादुर, केपी, प्रचण्ड (कांग्रेस-एमाले -माके) कसैको हातमा छैन। ज्ञानेन्द्र शाह र शुसिलाको कार्कीको हातमा पनि छैन। नेपालको शासन–सत्ता मूलतः “इन्डो–अमेरिकन ग्याङको” हातमा पुगेको छ।
दरिद्रता र अज्ञानताबाट ग्रसित नेपाली कलाकार, सोकल्ड सेलिब्रिटीहरू,युट्युबर पत्रकारहरु पनि यही ग्याङको हिस्सेदारी बन्न पुगेका छन। यतिबेला अवसरवादी र निराश र आक्रोशित नेपाली युवाहरू, बा–आमा र गाउँ-शहरका छोरी-मान्छेहरु समेत त्यसै -त्यसै मच्चिएका छन् ,छोइ नसक्नु भएको छ।
आफ्ना मोबाइलमा आउने मिसइन्फर्मेशन, म्यानुपुलेटेड कन्टेन्ट, मोनिटाइजेशनवालाहरुको डिस–इन्फरफेसन र साम्राज्यवादीहरूको अल्गोरिदमले नेपालीको चेतना ध्वस्त भैसकेको छ। यतिबेला नेपाल भयंकर डरलाग्दो अन्धकारको खाडल भित्र रुमलिएको छ।
अन्त्यमा ,
यी सबै दुर्गति ,अन्धकारको शक्ति , इन्डो- अमेरिकन ग्याङको स्थानिय अभिभावक बनेका छन । डा बाबुराम भट्टराई हिजै मात्र उनी आफैले पछिल्लो पटक प्रमाणित गरे।
प्रतिक्रिया