धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नेकपा(वहुमत) सहितको चार दलको हिजो सुदूरपश्चिमको अत्तरियामा वसेको व्युरो स्तरको वैठकले आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन वहिष्कार गर्ने भएका छन।
सुदूरपश्चिमका कैलाली कञ्चनपुर डडेल्धुरा डोटी अछाम वाजुरा वझाङ्ग वैतडी र दार्चुला जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपा (वहुमत) वैज्ञानिक समाजवादी सहितका पार्टीहरु समिलित निर्वाचन वहिष्कार सँयुक्त सँघर्ष समिति गठन गरिने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका २ न. व्युरो सचिव हरि सुवेदीले बिम्व अनलाइन लाई बताएका छन।
वहिष्कारको पहिलो चरणका कार्यक्रम अन्तगत पौष २६ र २७ गते प्रचार प्रसार २८ गते मसाल जुलुस पौष २९ गते काठमाण्डौ उपत्यका वन्द, माघ २ गते धनगढीमा व्युरो स्तरिय अन्तक्रिया ५ गते सवै जिल्लामा प्रर्दशन गरिने छन।
नेकपा( वहुमत)को समन्वनमा हिजो अत्तरियामा वसेको निर्वाचन वहिष्कार गर्ने चार दलको वैठकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका तर्फ वाट २ न.व्युरो इञ्चार्ज लालवहादुर जाग्री सचिव हरि सुवेदी सिसिएम एव कैलाली जिल्ला सचिव रुद्र कडेल नेकपा(वहुमत)का तर्फ वाट व्युरो इञ्चार्ज डि.डि. पाण्डे सिसिएम विज्ञान रोशन प्रकाश सल्लाकार राट्षति , वैज्ञानिक समाजवादीका श्याम कुवर सहित चार वटा पार्टीको सहभागीता रहेको वताइन्छ।
प्रतिक्रिया