चुनाव वहिष्कारका साझा कार्यक्रम भोली घोषणा हुने

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २४ १९:४९ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहितका ६ वटा पार्टी  तथा  समुहहरुले  भोली पौष २५ गते  आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन वहिष्कारका साझा कार्याक्रम घोषण  गर्ने जनाएका छन।

काठमाण्डौको वैक्कँट हल ( पार्टी प्यालेस) थापागाँउ नयाँ वानेश्वरमा दिउसो १ वजे निर्वाचन वहिष्कार सम्वन्धि  साझा कार्यक्रम सार्वजनिक हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपि गजुरेलले जनाएका छन।

कार्यक्रमको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा( वहुमत)  वैज्ञानिक कम्युनिष्ट पार्टी नेपाल सहितका ६ वटा पार्टी तथा समुहले आयोजना गरेको वताइन्छ।

२०८२ पुष २४ १९:४९ बजे

प्रतिक्रिया