काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका छन् । भदौ २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने थापा पक्षका केहि नेताले आज एक पत्रकार सम्मेलन गरेर वताएका छन।
यसैगरी महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै महामन्त्रीद्वय थापा र शर्माले गरेको आह्वानमा भनिएको छ, विधानबमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले गरेको छैन । विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन ।”त्यसैले पुस २७ र २८ गते तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको बताएका छन् ।
कुनै पनि पार्टीको विधानमा गरेको व्यवस्था लाई कार्यान्वयन स्वतः हुने नभइ केन्द्रिय समितिको निर्णय अनुसार हुने भएकोले अहिले काँग्रेसको केन्द्रिय समितिले विशेष महाधिवेशन गर्ने कुनै निर्णय नगरेको काँग्रेस एकनेताले बिम्ब अनलाईन लाई वताएका छन।
पार्टीको निर्णय विना विशेष महाधिवेशन गरेमा अनुशासनको विषय वन्ने हुदा त्यसका आयोजक र सहभागी सवै लाई पार्टीको विधान अनुसार अनुशासन समितिले कार्वाहि गरिने नेपाली काँग्रेसको विधानमा व्यवस्था गरिएको छ। विशेष महाधिवेशन पक्षधरलाई अनुशासनको कार्वाही गरेमा नेपाली काँग्रेस विधवतःरुप नै विभाजन हुने आकलन गरिएको छ।
प्रतिक्रिया