सरकार र विदेशी शक्ति आफैं चुनाव सार्ने षड्यन्त्र गरिरहेका छन: के.पि. ओली अध्यक्ष नेकपा (एमाले)

नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतिपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको छ।’

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २२ १३:३४ बजे

काठमाण्डौ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका छन् ।एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालयको बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार आफैं निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।

‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेका छन्।’ बैठकमा सहभागी एक नेताले भने ।यस्तै ओलीले वैदेशिक हस्तक्षेप नांगो रुपमा देखिन थालेको औंल्याएका छन्। ओलीले भने, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतिपूर्ण बन्दै गएको छ र वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको छ।’

आृेलीले रवि लामिछाने र बालेन शाहलाई वैदेशिक शक्तिको दलालीमा संलग्न रहेको आरोप समेत लगाए । बैठकमा अध्यक्ष ओलीले भने ‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्।’

ओलीले भनेका छन्, ‘नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना अत्यन्त सशक्त भएकै कारण भदौ २३ र २४ गते भएका घटनालाई महान उपलब्धि भनेर दाबी गर्ने साहस उनीहरूले गर्न सकेनन्।’यस्तै ओलीले ‘नेसनल युथ भोलिन्टियर्स फोर्स’लाई टोलटोलसम्म गठन गर्न निर्देशन दिएका छन्।ओलीले भने, ‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गुर्नपर्छ।’


२०८२ पुष २२ १३:३४ बजे

प्रतिक्रिया