मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ १६:२१ बजे
मृत्यु

काठमाडौं ।  रुपन्देहीमा  मोटरसाइकल दुर्घटना हुँदा  चालकको  ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–७ भलवारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिका–१ का २७ वर्षीय राज चौधरी रहेका छन् । 

घाइते भएका  चौधरीको  उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा  ज्यान गएको हो । 

 इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०३५ प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे ८ बजे अनियन्त्रित भइ सडकको रेलिङमा ठोकिएको हो । 

२०७९ भदौ १३ १६:२१ बजे

प्रतिक्रिया