क्रान्तिमा विज्ञान प्रविधि प्रयोगको आवश्यकता र महत्व

विचारहरु लाई लाखौ लाख जनता समक्ष पुर्याइ सो विचारमा सहानभुति समर्थन सहयोग सहभागी र सँगठित गराइ क्रान्तिमा जनतालाई परिचालित गर्नका लागी परम्परागत कार्यशैली तैरतरिकाहरुमा परिवर्तन गरेर अहिलेको नयाँ प्रविधिहरु लाई प्रयोग गर्नु पर्छ

bimbonline लाल वहादुर जाग्री
२०८२ पुष २१ ०८:३६ बजे
लाल वहादुर जाग्री

कुनै राजनितिक परिवर्तन वा एउटा सत्ता परिवर्तन गरेर अर्को सत्ता प्राप्त गर्नका लागी कुनै पनि पार्टीले तत्काल उपलव्ध सवै भन्दा उन्नत अत्याधुनिक प्रविधिको प्रयोग सहि र तिव्ररुपमा गर्न सकिएन भन्ने समय अनुसार आन्दोलनको गति लाई अगाडी वढाउन सकिदैन। अहिले विश्वमा भएका क्रान्तिकारी आन्दोलन  विरोधिहरुले दमन गरेर मात्र समाप्त गरेका छैन्न।   समय सापेक्षता अनुसारका कार्यमा प्रविधिको सहि र तिव्रगतिले आत्मासाथ नगर्दा आफ्नै कारणले कमजोर वा समाप्त हुन गएका नमिठा अनुभवहरु रहेका छन।

विज्ञान भनेको के हो ? विज्ञान भनेको संसारका घटनाहरू, तत्त्वहरू,  प्रक्रियाहरूको अध्ययन र अनुसन्धान गर्ने प्रणाली हो। यसमा तथ्य, थ्योरी,  साक्ष्यलाई प्रयोग गरेर विश्वको नियम र सिद्धान्तहरूलाई बुझ्न प्रयास गरिन्छ। विज्ञानका विभिन्न शाखाहरू छन्, जस्तै भौतिक विज्ञानः पदार्थ, ऊर्जा, गति, र तिनका सम्बन्धहरूको अध्ययन गर्दछ। यसमा भौतिक,रसायन र खगोलीय विज्ञान समावेश छन्। जीव विज्ञानः जीवन र जीवजन्तुहरूको अध्ययन गर्दछ। यसमा कोशिका, वनस्पति, जनावर, परिस्थिति र सन्तान बृद्धि विषयमा अध्ययन गरिन्छ। भूगोल विज्ञानः पृथ्वीको संरचना, प्रक्रियाहरू, र इतिहासको अध्ययन गर्दछ। यसमा भूगर्भशास्त्र, जलविज्ञान, र वातावरण विज्ञान समावेश छन्। समाजिक विज्ञानः मानव व्यवहार र समाजका संरचनाहरूको अध्ययन गर्दछ। यसमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र र राजनीति विज्ञान समावेश छन्। विज्ञानले प्रयोगात्मक विधिमार्फत तथ्यहरूलाई प्रमाणित गर्ने प्रयास गर्दछ । विज्ञानको विधि प्रयोग गरेर प्राप्त ज्ञानलाई हाम्रो दैनिकीमा, प्राविधिक विकासमा,  स्वास्थ्य सेवामा र क्रान्तिकारी आन्दोलनमा उपयोग गर्न सकिन्छ। हामीले मुलतः सामाजिक विज्ञान भित्रका मानव व्यवहार समाजिक सँरचना जनताको मनोविज्ञान  अर्थशास्त्र र राजनिति विज्ञान वारे माक्सवादी दृष्टिकोण अवलम्वन गर्नुपरेको हुन्छ।

राजनितिमा समाज विज्ञानलाई ध्दन्दत्मक भौतिकवादी दृष्टिकोण वाट सहि तरिकाले अध्यायन गरेर वुझ्ने त्यसलाई आत्मासाथ गरेर  आफ्नो जिवन र समाजमा लागु गर्नुपर्ने हुन्छ।ध्दन्दात्मक भौतिकवादका मुख्य र सहायक विज्ञानका नियमहरु रहेको छन।मुख्य नियममा प्रतिपक्षको एकता र सँर्घष,मात्रात्मक परिवर्तन र गुणात्मक रुपान्तरण, निषेधको निषेधका नियमहरु रहेकाछन।सहायक विज्ञानका नियमहरुमा  विशिष्ट र सामान्य, सार र रुप, अन्तवस्तु र आकृति ,वास्तविकता र सम्भावना रहेका छन। माओले विकास गरेको अन्तविरोधका नियमहरु अन्तविरोधको सर्वव्याकता र विशिष्टता ,अन्तविरोधको प्रधान र प्रमुखपक्ष, एकात्मकता र सँघर्ष र शुत्रताको स्थान भन्ने नियमहरु पनि समाज विकासको क्रममा समाजमा भएका अन्तविरोधहरु लाइ यहि नियमअनुसार हेर्ने वुझ्ने लागु गर्ने गर्नु पर्दछ ।यसो नगरेमा  हामीले समाजलाइ विज्ञान सम्मत तरिकाले नभइ मनोगतरुपमा वुझ्ने गरेमा  गलत ठाँउमा पुग्ने सम्भावना हुन्छ।  समाज विज्ञानका  नियमहरु आधारभुतरुपमा क्रान्तिकारी पार्टीका सदस्य एव कार्यकर्ता नेतालाई ज्ञान हुन जरुरी छ। नेतृत्वले क्रान्तिकारी आन्दोलन लाई कहिले दक्षिपन्थी भड्काव  कहिले उग्रवामपन्थ भड्काउमा लिन सक्छ ध्दन्दत्मक भौतिकवाद विज्ञानका नियमहरुको ज्ञान भएका पार्टी सदस्य तथा  कार्यकर्ताले मात्र नेतृत्वलाई सहि दिशामा अगाडी वढाउन मदत गर्न सक्छन। समाज विज्ञानका नियमहरुका वारे थाहा नभएका कार्यकर्ताले नेताको निर्देशन पर्खिन्छ सोहिकुरामा मात्र विश्वास गर्छन निर्देशन वा आदेश सहि छ वा छैन  समाज विज्ञानका नियमहरु सँग मेलखान्छ वा खादैन आलोचनात्मक चेतको हेक्का नराखि पालना र लागु गर्छन। जसका कारण नेपालको क्रान्तिकारी आन्दोलन कहिले उग्रवामपन्थी भड्कावले क्षतिपुर्याउछ भन्ने मुलतः दक्षिपन्थी भडकाउवले नै क्रान्तिकारी आन्दोलन लाई क्षयकरण गरेको छ।

प्रविधि  के हो रु प्रविधि भनेको मानवको आवश्यकता र चाहनाहरूलाई पूरा गर्नको लागी वैज्ञानिक ज्ञान र सीपहरूको प्रयोग गरेर बनाइएका उपकरण, प्रक्रिया, र प्रणालीहरूको समुच्चय हो। प्रविधिको अर्थ केवल उपकरण वा मेसिनसम्म सीमित छैनस यसले मानव जीवनलाई सजिलो,गुणस्तरीय र प्रभावकारी बनाउनका लागि सृजना गरिएका खोज र विधिहरूलाई समावेश गर्दछ।

प्रविधिका केहि प्रमुख विशेषताहरूमा समावेश छन्स् उपकरण र साधनस् प्रविधिमा विभिन्न प्रकारका उपकरणहरू र मेसिनहरू समावेश छन्, जस्तै कम्प्युटर, स्मार्टफोन, चिकित्सा उपकरणहरू, र निर्माणका लागि प्रयोग गरिने यन्त्रहरू। कार्य प्रणाली र प्रक्रियास् प्रविधि कुनै विशेष कार्य पूरा गर्नका लागि प्रक्रियाहरू र विधिहरू विकास गर्नेमा आधारित हुन्छ। यो अनुसन्धान, विकास, उत्पादन, र वितरण जस्ता क्षेत्रहरूमा लागू हुन्छ। समस्याको समाधानस् प्रविधि समस्याहरू पहिचान गर्न र तिनको समाधान गर्नका लागि सिर्जना गरिएको छ। जस्तै, कृषि प्रविधिहरूलाई बढाएर खाद्य उत्पादनमा वृद्धि गर्ने प्रयास गरिन्छ। सामाजिक र आर्थिक प्रभावस् प्रविधिले समाजमा र अर्थतन्त्रमा गहिरा प्रभाव पार्न सक्छ। सूचना प्रविधि, राउन्डाबाउन्ड व्यवसाय, स्वास्थ्य सेवा, र यातायातमा प्रविधिको योगदानले मानव जीवनको गुणस्तर सुधारेको छ। प्रविधि र विज्ञानको सम्बन्धस् विज्ञानले प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ,  प्रविधिले पनि वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँछ मदत गर्छ। संक्षेपमा, प्रविधि मानव जीवनलाई सहज बनाउन र उच्च जीवनस्तरका लागि नयाँ समाधानहरू प्रदान गर्नमा महत्त्वपूर्ण विधि रहेकोछ। 

नयाँ विकास भएका प्रविधिहरूमा विभिन्न क्षेत्रका नवीनतम खोज र आविष्कारहरू समावेश हुन्छन्। यहाँ केहि उल्लेखनीय प्रविधिहरूका विषयमा  सँक्षिप्त चर्चा गरिएको छस्आर्टिफिशियल इंटेलिजेन्स (AI) AI प्रविधि, जसले मेशिनहरूलाई मानव जस्तै सोच्न र काम गर्न सक्षम बनाउँछ, यसको विकासले विभिन्न उद्योगहरूमा क्रान्ति ल्याएको छ। उदाहरणका लागि, छविहरूको पहिचान, प्राकृतिक भाषाको प्रक्रिया र स्वचालित सिफारिस प्रणालीहरू। ब्लकचेन वित्तीय क्षेत्रदेखि लिएर आपूर्ति श्रृंखलासम्म, ब्लकचेन प्रविधिले डेटा संरक्षण र पारदर्शितालाई सुधार्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ। यो प्रविधिले पारंपरिक प्रक्रियाहरूलाई सुरक्षित र अधिक विश्वसनीय बनाएको छ। इन्टरनेट अफ थिंग्स (LOT) lot प्रविधि, जसले विभिन्न उपकरणहरूलाई इन्टरननेटमा जडान गर्न सक्षम बनाउँछ, यसले स्मार्ट घरहरू, स्मार्ट सहरहरू र उद्योगका लागि स्वचालनको नयाँ स्तर प्रदान गरेको छ। क्लाउड कम्प्युटिङस् क्लाउड सेवाहरूले उद्यम र व्यक्तिगत उपयोगकर्ताहरूलाई डेटा भंडारण र प्रोसेसिङको लागि सुलभ र लचिलो समाधान उपलब्ध गराइरहेका छन्। यसले काम गर्नको नयाँ तरिकाहरू र लचिलोकरणको अवसरहरू प्रदान गर्दछ। जीन सम्पादन (CRISPR यस प्रविधिले जीवविज्ञानमा गहन परिवर्तन ल्याएको छ।  स्वास्थ्यसम्बन्धी अनुसन्धान र चिकित्सा उपचारमा नयाँ सम्भावनाहरू खोलेको छ। वर्चुअल र ऐडेड रियलिटी (VR/AR) यो प्रविधि खेल, शिक्षा र चिकित्सा जस्ता क्षेत्रमा इमर्सिभ अनुभवहरूको लागि प्रयोग हुँदैछ। फाइभ जी (5G) नेटवर्क: यो उच्च गतिको मोबाइल नेटवर्कले डेटा ट्रान्सफरमा ठूलो सुधार ल्याएको छ, जसले lot र स्मार्ट प्रविधीहरूको विकासलाई रफ्तार दिएको छ। रोबोटिक्स: विभिन्न उद्योगमा रोबोट र स्वचालित यन्त्रहरूको प्रयोगले उत्पादन र सेवामा दक्षता वृद्धि गरिरहेको छ।

यसै गरी सामरिक क्षेत्रमा प्रयोग हुने नयाँ प्रविधिहरूले शत्रुता र सुरक्षा रणनीतिको क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको छ। यहाँ केहि प्रमुख प्रविधिहरूको  सक्षिप्त चर्चा गरिएकोछ- ड्रोन टेक्नोलोजी:  मानवरहित ड्रोनहरूले हवाई निगरानी, लक्षित हमलाहरू र मापन कार्यहरूमा अनुगमन तथा प्रहार गर्न सक्षम बनाउँछन्। साइबर वारफेयर: प्रणालीमा म्यानेज भएका साइबर आक्रमण र डाटा चोरी गर्ने प्रविधिहरू। यो सूचनालाई नष्ट गर्न, बिगार्न र शत्रुका संचार प्रणालीलाई जडान बिच्छेद गर्नमा प्रयोग गरिन्छ। आर्टिफिशियल इंटेलिजेन्स (AI) : विशेष गरी मिलिटरी रोबोटिक्स, निर्णय समर्थन प्रणालीहरूमा र शत्रुताको अनुगमनमा प्रयोग गरिन्छ। AI प्रविधि शत्रुहरूको पहिचान र विश्लेषणमा सहायक बनिरहेको छ। स्मार्ट बम र मिसाइल: यी प्रविधिहरूले लक्षित समस्याको समाधान गर्न र अचूकता वृद्धि गर्न सक्षम बनाउँछन्। यिनीहरूले तोकिएको लक्ष्यमा सटीकता र प्रभावकारिता वृद्धि गर्छ। हाइपरसोनिक वेपन्स: यी अत्यधिक गतिको मिसाइलहरू अत्यधिक रफ्तार र लघुगणकीय क्षमताहरूका साथ सशस्त्र रक्षामा नयाँ चुनौती ल्याइरहेका छन्। साइबर डिफेन्स सिस्टम: यी प्रणालीहरूले सेना सामान र संचारको सुरक्षा सुनिश्चित गर्नका लागि विकास गरिएका छन्, जसले साइबर आक्रमणबाट जोगाउन मद्दत गर्छ। रबोटिक्स र अनामिक यन्त्रहरू: आत्मनिर्भर रोबोटहरू र अनामिक यत्रहरुले जोखिमपूर्ण कार्यहरूमा सैनिकहरूको सुरक्षालाई सुनिश्चित गर्दै काम गर्छन्। आधुनिकीकरण भएका ट्यांकर र जलपोत: नयाँ प्रविधिहरूले यस्ता यन्त्रहरूलाई अधिक सक्षम र लचीला बनाएका छन्। भर्चुअल र ऐडेड रियलिटी (VR/AR): यी प्रविधिहरू सैनिक तालिममा प्रयोग हुनुको साथै, यथार्थपरक युद्ध सामर्थ्यको विकास गर्नमा सहयोग पुर्याउँछन्। स्मार्ट सामग्री र रक्षा: नयाँ सामाग्रीहरू जसले सडक, इन्फ्रास्ट्रक्चर, र रक्षात्मक उपकरणहरूको सुरक्षा र स्थायित्व बढाउँछन्।

हामीले आफ्ना विचारहरु लाई लाखौ लाख जनता समक्ष पुर्याइ सो विचारमा सहानभुति समर्थन सहयोग सहभागी र सँगठित गराइ क्रान्तिमा जनतालाई परिचालित गर्नका लागी परम्परागत कार्यशैली तैरतरिकाहरुमा परिवर्तन गरेर अहिलेको नयाँ प्रविधिहरु लाई प्रयोग गर्नु पर्छ। जस्तै हामीले आफ्ना विचार् धारणा पर्चामा छापेर ति पर्चाहरु लाई हेण्ड टु हेण्ड वितरण गर्ने गरेका छौ। एक लाख पर्चा छाप्न वितरण गर्दा जनताले समाते पनि कतिले यसमा लेखेका कुरा पढ्छन ? पढेकाले कतिले वुझ्छन ? कति वुझेकाहरुले हाम्रो विचार प्रति सहानभुति समर्थन जनाउछ ? एकलाख मानिस सम्म पुग्छ वा पुग्दैन भन्न सकिन्दैन तर लागत समय जनशक्तिको प्रयोगको हिसावले यो घेरै महङ्गो  तथा सहरी क्षेत्रमा अव्यवहारिक पनि हुन्छ ।  मोवाइल प्रयोग नगर्ने जनताको क्षेत्रमा मात्र पर्चा आवश्यक हुन्छ। पर्चामा लेख्ने विषय (कण्टेन) लाई  स्क्रिप्ड, अडियो भिडियो वनाएर  निश्चित क्षेत्र उमेर समुह  समय निर्धारण गरेर बोष्टिङ गरेमा कम जनशक्तिले लाखौ लाख जनताको मोवाइल ल्यापटप कम्युटरमा रहेको फेसवुक ह्वाटाफ इस्टाग्राम वा अन्य माध्यम वाट  व्यक्ति-व्यक्ति कहाँ पुग्छ।त्यसको शैली शव्द र प्रस्तुति आकर्षक वनाएमा जो-जस्कोमा पुग्छ उनीहरुले चाहेर वा नचाहेर पनि एकपटक पढ्न सुन्न हेर्न वाध्यकारी हुन्छ। दशलाख व्यक्तिहरु कहाँ पार्टीको विचार पुग्न सकेमा पाँच लाखले पढे सुन्ने हेर्ने भने पनि यि मध्येका एक लाखले सो विचार प्रति सहानभुति समर्थन जनाएमा एक लाख मध्ये दश हजार मात्र नयाँ समर्थन पार्टीमा भित्रिन सकेमा पार्टीको सँगठनात्मक शक्ति मात्रात्मक रुपमा भए पनि विकास हुदै जाने छन।हामीले गरेको जुनसुकै कामको समिक्षा गरेर त्यसका राम्रो पक्ष कमजोरी पक्षलाई छुट्टयाएर  नयाँ काम गर्दा कमजोरी नहुने गरी गर्न आवश्यक छ।

हामी वैज्ञानिक पार्टीका सदस्य कार्यकर्ता र नेता हौ तर हामीहरुको जिवनशैली वा दैनिक व्यवहारमा हामीले  कति प्रविधिको अवलम्वन गरेर व्यक्तिगत जिवन वा पार्टी जिवनका कार्य- व्यवहार गरेका छौ? एक पटक गम्भिर भएर सोच्नपर्छ की ? प्रविधिले पार्टी क्रान्तिको काम लाई मात्र होइन स्वयम व्यक्तिको व्यक्तिगत जिवन लाई उन्नत सवृध्दि सहज र प्रभावकारी वनाइ दिने छ।अहिलो प्रविधि सँ-सँगै हामीले आफ्नो पार्टी जिवन एव काम कावाहि लाई अन्तघुलन गरेर लिन सकेनौ भन्ने नयाँ पुस्ता प्रविधि र समय भन्दा हामी सातकोष पछाडी रहने छौ। हामी दुश्मन शक्तिको दमनका कारण भन्दा पनि विकसित प्रविधिको अवलम्वन गर्ने नसकेका कारण क्षयिकरण हुदै जाने छौ।त्यसकारण प्रत्येक पार्टी सदस्यले आधारभुत नयाँ प्रविधि सँग पार्टी जिवनलाई अभ्यास्त गरेर लैजानु पर्ने अहिलको आवश्यक्ता रहेको छ। प्रविधिको प्रयोगले पार्टीका सवै काम कार्वाहि उन्नत प्रभावकारी तथा सहज र सजिला वनाएर व्यापक जनता लाई सँगठित एव परिचालन गर्न सहयोग पुग्नेछ।यसले पार्टी जिवन तथा व्यक्तिगत जिवनमा पनि प्रविधिको महत्वपुर्ण भुमिका रहने छन।पार्टीले पार्टी सयत्रहरु लाई  नयाँ- नयाँ प्रविधि मैत्री वनाएर लैजानु अति आवश्यक भएर आएको छ।


२०८२ पुष २१ ०८:३६ बजे

प्रतिक्रिया