अमेरिकी राज्य आतंक बन्द गर्न जोडदार माग गर्दै, भेनेजुएला माथि आक्रमणको निन्दा गर्यो- राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २० १५:५० बजे
राष्ट्रपति निकोलास मादुरो

काठमाण्डौ। सन्तवहादुर नेपाली सँयोजक रहेको राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले आज एक वक्तव्य जारी गर्दै अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाको डेल्टा फोर्सद्वारा ३ जनवरी २०२६ (२०८२ पौष १९) का दिन भेनेजुएलाको राजधानी काराकासमा बिश्व मान्य अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र र सार्बभौम सत्ताको सिद्धान्तलाई ठाडै कुल्चेर नाड्गो आक्रमण गरी भेनेजुएलाका निर्बाचित राष्ट्रपति निकोलास मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेन्सलाई अपहरण गरेर अमेरिका पुर्याइएको खबरले बिश्व समुदाय चिन्तित र तरंगित  वताएका छन।

वक्तव्य भनिएको छ यस्तो अत्यन्तै आततायी सैनिक हस्तक्षेप गर्नुका पछाडि डोनाल्ड ट्रम्पले राष्ट्रपति मादुरोमाथि लागु औषध कारोबार तथा आतंकवादको झुठ्ठा आरोप लगाएको छन । नेपालको समय अनुसार  हिजो साँझ ९ ः ४५ मा ट्रम्पले पत्रकार सम्मेलन गरेर अर्को व्यवस्था नहुन्जेल भेनेजुयलाको सत्ता अमेरिकाले संचालन गर्ने र भेनेजुएलाका कुनै कर्मचारीले मादुरोको पक्ष लिएमा नराम्रो हुने भनेर नग्न धम्की पनि दिएका भनिएको छ।

अमेरिकी साम्राज्यवादले यसप्रकारको दादागिरी र हस्तक्षेप विश्वका धेरै मुलुकहरुमा गर्दै आएको छ । पछिल्लो समयमा त्यसले भेनेजुएलामा रहेको तेलको भण्डारलाई कब्जा गर्नका लागि भेनेजुएलामाथि कथित आरोप लगाएर एउटा सर्वाभौमसत्ता सम्पन्न राष्ट्रमाथि यसरी घोर निन्दनीय आक्रमण गरेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल अमेरिकी साम्राज्यवादको यसप्रकारको नव फासिवादी तथा आतंककारी नीतिको घोर निन्दा एवं तीब्र भत्र्सना गर्दछ भनि वक्तव्यमा उल्लेख गरेका छन।

मादुरो दम्पत्तिको तत्काल विनाशर्त रिहाई गर्न र अमेरिकी राज्य आतंक बन्द गर्न जोडदार माग गर्दछ । हाम्रो मोर्चा अमेरिकी साम्राज्यवादको अन्तर्राष्ट्रिय कानुन विपरीत गरिएको यस प्रकारको नाड्गो हस्तक्षेपका विरुद्धको संघर्षमा भेनेजुयाली संघर्षशील, न्यायप्रेमी जनतासित दृढ ऐक्यबद्धता प्रकट गर्दछ । साथै अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध विरोध गर्न संसारभरीका न्यायप्रेमी जनतासित हार्दिक अपिल समेत  गर्दछ  भनि वक्तव्य वताएका छन। 


२०८२ पुष २० १५:५० बजे

प्रतिक्रिया