राष्ट्रपति निकोलास मदुरो र उनकी पत्निको अपहरणको निन्दा एव भत्सना गर्दछौ- सि.पि. गजुरेल महासचिव

ट्रम्पको चरम फासीवादी कदम, दादागिरी, अन्तर्राष्ट्रिय कानुनको गंभीर उल्लङ्घन र अमेरिकी राज्य आतङ्कको पराकाष्ठा हो।

bimbonline बिम्ब अनलाइन
२०८२ पुष २० १४:२९ बजे
राष्ट्रपति-निकोलास-मदुरो

काठमाण्डौ। अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पले भेनेजुएला माथि हिजो गरेको  सैन्य आक्रमणमा त्यहाँका राष्ट्रपति निकोलास मदुरो र उनकी श्रीमतिलाई अमेरिका ल्याएर मुद्दा चलाउने र भेनेज्वेलामा अर्को व्यवस्था नहोउन्जेल त्यहाँको सत्ता अमेरिकाले संचालन गर्ने घोषणाको विश्व भरी व्यापक विरोध निन्दा भत्सना गर्दै विश्व भरीका देशहरुको मदुरो र उनकी श्रीमति रिहाइ सवै देशको स्वाधिनता अखण्डताको सम्मान गर्ने अमरेकी आतङकारी टृम्प प्रशासन लाइ विरोध जनाएका छन।

आज दिउसो ४ वजे महाराजगञ्ज स्थित अमेरिकी दूतावासको सँयुक्त विधार्थी सँगठनले विरोध पत्र दिदै यस घटनाको निन्दा भत्सना  गर्दै प्रर्दशन गरिने अखिल (क्रान्तिकारी)का नेता नविन खड्काले जनाएका छन।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सि.पि गजुरेलले आज एक वक्तव्य जारी गर्दै भनिएको छ-  एउट सार्वभौम तथा स्वाधीन देशमाथि गरिएको सैन्य अतिक्रमण, त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतिलाई गरिएको अपहरण र मदुरोको पक्षमा कोही बोल्यो भने धेरै नराम्रो हुनेछ भनी दिएको धम्की ट्रम्पको चरम फासीवादी कदम, दादागिरी, अन्तर्राष्ट्रिय कानुनको गंभीर उल्लङ्घन र अमेरिकी राज्य आतङ्कको पराकाष्ठा हो । हाम्रो पार्टी ट्रम्पको यस कदमको घोर निन्दा तथा विरोध गर्दछ, गिरफ्तार राष्ट्रपति तथा उनकी श्रीमतिको अविलम्ब एवम् सकुशल रिहाइको माग गर्दछ र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि लडिरहेका भेनेज्वेलाका देशभक्त जनताको सङ्घर्षमा दरिलो ऐक्यबद्धता जाहेर गर्दछौ  भनि उल्लेख गरेका छन।



२०८२ पुष २० १४:२९ बजे

प्रतिक्रिया