काठमाण्डौ। पाँच बुँदे मागसहित एक सातादेखि अनसनरत निकोलस भुसालले सडक नछाड्ने बताएका छन् । उनले माग पुरा नहुँदासम्म माइतीघर मण्डला नछाड्ने बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने, राष्ट्रिय सभा र प्रदेश सभा खारेज गर्नुपर्ने, प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनुपर्ने, भ्रष्टाचारका ठूला काण्डमाथि यथाशिघ्र छानविन गर्नुपर्ने लगायतका माग राखेका भुसालको हिजो स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिएको थियो । आज फेरि दिउँसो उनी मेडिकल टिमसहित माइतीघर फर्किएका हुन् ।
माग पुरा नभए सम्म फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन स्थगित गरिनुपर्ने माग गरेका छन। उनको एउटा समुहले हिजो निर्वाचन आयोगमा निर्वाचनको कार्यक्रम रद्द गर हाम्रा माग पुरा गर भनि नारावाजी गरे पछि प्रहरीहरुले सो समुहलाई वाहिर लखेटेका थिए।
प्रतिक्रिया