काठमाडौं । १३३ औं माओ दिवसको सन्दर्भ भोली पौष ११ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार सम्बन्धी जनसभा गर्ने भएको छ ।
काठमाडौंको खुल्ला मञ्चमा जनसभाको आयोजना गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन २१ मा गर्ने भनिएको प्रतिनिधि सभा निर्वाचन बहिस्कार सम्बन्धी पार्टीको धारणा स्पष्ट गर्ने भएका छन। जनसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुचेल गौरव लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको वताइन्छ ।
भोली पौष ११ गते शान्तिबाटिकामा दिनको ११ बजे जम्मा भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सहिदगेट, न्यूरोडगेट, वीरअस्पताल हुँदै खुल्लामञ्चमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । ।
नयाँ र पुराना संसदवादी दलहरु निर्वाचन कि संसदको पुनस्र्थापनाको बहसमा अल्झिरहेको बेला संसदीय व्यवस्थाको अन्त्य गरी मुलुकमा संघीय जनगणतन्त्रको स्थापना गर्नुपर्छ भनेर अगाडि बढिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भने संसदीय निर्वाचन बहिस्कारको तयारीमा जुटेको छ । यो पार्टीले जेनजी विद्रोहपछि विकसित राजनीतिक परिस्थितिमा वर्तमान कठ्पुलती सरकारको विघटन गरी स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने माग अगाडि सारेको छ ।
प्रतिक्रिया