राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ८ १८:४९ बजे

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रूपमा भेट गर्नुभएको छ ।

उहाँहरूबीच आउँदो चुनावका साथै समसामयिक विषयमा छलफल भइरहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । नवयुवा आन्दोलनपछि उहाँहरूबीच भएको यो पहिलो भेट हो ।

प्रधानमन्त्री कार्कीले दलका शीर्ष नेताहरूसँग छलफल गर्न नचाहेको र यसबाट चुनावको वातावरण बन्न नसकेको चर्चाका बीच राष्ट्रपतिसहित प्रधानमन्त्री र मुख्य तीन दलका शीर्ष नेतृत्वबीच भएको छलफललाई धेरैले चासोका साथ लिएका छन् ।


२०८२ पुष ८ १८:४९ बजे

प्रतिक्रिया