एमाले नेता मुकुन्द न्यौपाने सहित ३६ जनाले पार्टी निर्वाचन वाट नो भोटको शुरुवात गरे

नेता प्रर्ति विश्वास नरहेकोले नो भोट गरेको ।

bimbonline बिम्ब अनलाइन
२०८२ पुष ३ ०८:४४ बजे
एमाले नेता मुकुन्द्र न्यौपाने

काठमाडौं । नेकपा एमालेका नेता मुकुन्द न्यौपानेले तीन महिनामै विधान संशोधन गरिएको र ७० वर्षे उमेरहदको प्राबधान नराखिएको भन्दै आफूले एमाले महाधिवेशनमा मतदान नगरेको ( नो भोट) गरेको बताएका छन् । 

“त्यतिको नेताले तीन महिनाअगाडि एउटा कुरा गर्ने, तीन महिनापछि अर्को कुरा गर्ने गरेको देखियो,” न्यौपानेले  भने, “दुई कार्यकालभन्दा धेरै पदमा बस्न नपाइने प्राबधान खारेज गरियो । यस्तो बोलीको ठेगान नभएको मान्छेसँग बसेर कसरी देश विकास हुन्छ भनेर विश्वास गर्नु ?” 

न्यौपानेसहित एमाले महाधिवेशनको मतदानमा ३६ जना प्रतिनिधिले मतदान नगरेको (नो भोट गरेको) एमाले निर्वाचन आयोगले बताएको छ । 

 


२०८२ पुष ३ ०८:४४ बजे

प्रतिक्रिया