सामान्य अंकले बढ्यो सेयर बजार परिसुचक नेप्से

सामान्य अंकले बढ्यो सेयर बजार परिसुचक नेप्से

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ १५:३४ बजे
सेयर बजार

काठमाडौं ।  लगातार ओरालो लागेको नेप्से आज  सोमबार भने सामान्य  अंकले उकालो लागको छ । आज नेप्से ३.७६  अंकले  उकालो लागको हो । नेप्से आज उकालो लागेसँगै   १९९३.०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अंक भन्दा  धेरैले बढेका छन् ।   बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ ।  टेलिकमको  ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच  भएको छ ।  

२०७९ भदौ १३ १५:३४ बजे

प्रतिक्रिया