काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले आगामी पौष ११ गते आयोजना गर्न लागेको किसान भेलाको सन्दर्भमा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको आयोजनमामा हिजो मंसिर २७ गते राजधानीमा किसानसँग बुद्धिजीवी बिषय एक महत्वपूर्ण कार्यक्रम हिजो सम्पन्न भयो ।
नेपाल कम्युनिष्ट पार्टीको बुद्धिजीवी संगठन अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको आयोजनमा सम्पन्न कार्यक्रममा बिभिन्न बक्ताहरुले देशको अबस्था, नेपाली कृषि र किसानका समस्या र खोजिनु पर्ने निराकरणका बारेमा बोल्दै नेपाली कृषि र किसानका तत्कालीन र दीर्घकालीन प्रकृतिका समस्या हल नभई नेपाली राष्ट्रले भोगिरहेका आन्तरिक र बाह्य समस्या पनि हल हुँदैनन। नेपाली क्रान्तिको कार्यभार पनि पूरा हुँदैन भन्ने निष्कर्श अन्तक्रियामा निकालेका छन् ।
प्रतिक्रिया