एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर २८ १३:०६ बजे
नेकपा(एमाले) नेता इश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन्।

शुक्रबारको सचिवालय बैठकमा ओली र पोखरेल समूहले ६० र ४० को अनुपातमा प्रतिनिधि मनोनित गर्ने सहमति भए पनि ओली समूहले एकलौटी गरेको भन्दै आपत्ति जनाएको हो।

पोखरेल समूहका पत्रकार राजेश राईले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार ईश्वर पोखरेल समूहले गम्भीर असहमति जनाएको बताएका छन्। सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानी समेत भएको बताइएको छ।

‘हिजोको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरू अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने सहमति भएको थियो। सोही सहमति अनुसार आज बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर टुङ्गो लगाउने कुराकानी भएको थियो’, राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर उक्त सहमति विपरीत एक पक्षीय रूपमा सूची सार्वजनिक गरिएपछि नेताहरूले आपत्ति जनाउनुभएको छ।’ 


२०८२ मंसिर २८ १३:०६ बजे

प्रतिक्रिया