काठमाडौं । फागुन २१ का लागी घोषित संसदीय निर्वाचनको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकाल्दै निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी पौष १० गते काठमाडौंमा वृहत् जनसभा गर्ने तयारी गरेको छ ।
सो पार्टीले मंसिर १६–१७ मा सम्पन्न बैठकअघि नै मंसिर महिनाभर भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो र सोही अभियानको उत्कर्षको रुपमा माओ दिवसको सन्दर्भ पारेर आयोजित जनसभालाई नै ‘निर्वाचन बहिस्कार जनसभा’को रुपमा तयारी गरिएको सो पार्टीको कार्यालय स्रोतले जानकारी दिएको छ ।
वर्तमान कठपुतली सरकारले घोषणा गरेको संसदीय निर्वाचन बहिष्कार गर्ने पार्टीको नीति रहेको अहिलेको स्थितिमा सो जनसभाको कार्यक्रमलाई जनताका बीच एउटा विकल्प क्रान्तिकारी शक्तिका रुपमा पार्टीलाई स्थापित गर्ने र बहिष्कारको सन्देश प्रवाह गर्ने उपयुक्त माध्यमको रुपमा जनसभालाई प्रभावकारी रुपमा सम्पन्न गर्ने तयारीका लागि एचक्यूले सिंगो पार्टीपंक्ति र जबस मोर्चालाई निर्देशन दिएको छ । पार्टी एचक्यू स्रोतका अनुसार अब चाँडै बस्ने पार्टीको स्थायी समितिको बैठकले निर्वाचन बहिष्कारको समग्र कार्यक्रम छिटै सार्वजनिक गरिने छन ।
प्रतिक्रिया