मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ २२:३० बजे
मृत्यु

काठमाडौं।  रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  तिलोत्तमा नगरपालिका-६ गोरकट्टामा भित्री सडकबाट सिद्धार्थ राजमार्ग तर्फ आउँदै गरेको लु १६ प ६१३० नम्बर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आज  एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि  लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार तिलोत्तमा ३ शंकरनगर बस्ने  समीक्षा खराल, सोही ठाउँका सुग्रिम खरालको उपचारको क्रममा मृत्यु  इलाका प्रहरी कार्यालय बुटवललेजनाएको छ। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालीएको प्रहरी जनाएको छ । 

२०७९ भदौ १२ २२:३० बजे

प्रतिक्रिया