आकाश गौतमको सँयोजकत्वमा १५ सदसिय क्रान्तिकारी स्वास्थ्यकर्मी सँगठन निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक ३० १९:४० बजे

पोखरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट मानिने स्वास्थ्यकर्मीहरुको सँगठन   क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन, नेपालको प्रथम राष्ट्रिय भेला घनश्याम विजय ढकाल शहिद स्मृति भवन शहिद चोक पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता आकाश गौतमले गरेका थिए । कार्यक्रमको संचालन विक्रम थापाले गरेका थिए । कार्यक्रमको समुद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटब्युरो सदस्य दिनेश शर्मा सागरले गरे ।

शहिदप्रति एक मिनेट मौनधारण गरेर कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय समिति सल्लाहकार विशेष अतिथि रामजी थापा, अतिथिहरु ७ नम्बर ब्युरो सेक्रेटरी नारायण अधिकारी, क्रान्तिकारी संयुक्त मोर्चा केन्द्रीय सदस्य मान बहादुर थापा, केन्द्रीय सदस्यहरु शुसिला थापा, बाबुराम सुवेदी, विप्लव निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सचिव मणि न्यौपाने, मजदुर संगठनका केन्द्रीय सदस्य दिपक गुरुङ, सामना परिवारका केन्द्रीय सदस्य जनकलाकार काजीबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय भेलाले आकाश गौतमको संयोजकत्वमा टेकहरी न्यौपाने (काठमाडौं), काजीबाबु श्रेष्ठ (कास्की), प्रेम कडेल (चितवन), निर्मला लुवार (कालिकोट), स्मृति वि क (डडेल्धुरा), प्रभा बुढामगर(रोल्पा), अमृत चपाई ( पर्वत), डाक्टर आकाश अर्याल (स्याङ्जा), डाक्टर सञ्जिव योञ्जन ( काभ्रेपलाञ्चोक) लगायतका पन्ध्र सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । 







२०८२ कात्तिक ३० १९:४० बजे

प्रतिक्रिया