धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको २ न.(सेती) व्युरोको पुर्ण वैठक आज कुचैनीगाँउमा सम्पन्न भएको छ। वैठकले जनसभा \जनभेटघाट पार्टी सुध्दिढिकरण र भ्रष्टाचार विरूध्दका कार्यक्रम व्युरोका सवै जिल्लामा सञ्चालन गरिने व्युरो इञ्चार्ज लालवहादुर जाग्रीले वताएका छन।
सिसिएम एव व्युरो सेक्रेटी हरि सुवेदीको अध्यक्षता पार्टी पिविएम एव इञ्चार्ज लालवहादुर जाग्रीको आथित्यतामा सञ्चालन भएको चौथो पुर्ण वैठकमा वैकल्पिक सिसिएम एव अछाम इञ्चार्ज शितल सिसिएम एव डोटी इञ्चार्ज धुव्र सिसिएम एव कैलाली सेक्रेटी तथा इञ्चार्ज रुद्र कडेल र वैकल्पिक सिसिएम देवीराम कोइलाराले पार्टी व्युरोले दिएको जिम्मेवारी पुरा गर्दै आ-आफ्नो जिल्ला र क्षेत्रमा पार्टी सँगठन विस्तार गर्ने वताएका छन।
२ न. व्युरो अन्तगत कैलाली डोटी वझाङ अछाम वाजुरा गरी पाँच वटा जिल्लाहरु रहेको छन। व्युरोले सवै जिल्लाहरुको अवस्था अनुसारका कार्यक्रमहरु तथा पार्टी अनुशासन लाई उच्च स्तरमा लैजान कार्यकर्ताको राजनितिक तथा वैचारीक स्तर वृध्दि गर्न स्कुलिङग तथा प्रशिक्षण पनि सञ्चालन गर्ने कुरा रुद्र कडेलले बिम्ब अनलाइन लाई वताएका छन।
प्रतिक्रिया