थुनुवालाई छुटाइदिने भन्दै घुस लिने एक जना पक्राउ

थुनुवालाई छुटाइदिने भन्दै घुस लिने एक जना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ २१:०९ बजे
पक्राउ

काठमाडौं ।   दाङमा थुनुवालाई  छुटाइदिने भन्दै घुस लिने एक जना पक्राउ  परेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ निवासी २० वर्षीय प्रतीक बस्नेतलाई पक्राउ  गरीएको प्रहरीले जनाएको छ ।  

 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजनकुमार गौतमका अनुसार जिल्ला प्रहरी कार्यालय रहेका थुनुवा छुटाइदिने भन्दै उनीहरूका अभिभावकसँग ५० हजार रकम घुस  लिएको आरोपमा  उनलाई पक्राउ गरीएको हो ।  

प्रहरीले बस्नेतलाई प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो। सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर नगद रकम दिएपछि छुटाइदिने भन्दै ५० हजार लिएको डिएसपी गौतमले  बताएका छन्।

अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका  बस्नेतपक्राउपरेका हुन्।बस्नेतले थुनुवाका आफन्तलाई फोन गरेर जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटबाट फोन गरेको भनेर झुक्याउने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका बस्नेत माथी म्याद थप गरी थप अनुसन्धान  थालीएको छ।

२०७९ भदौ १२ २१:०९ बजे

प्रतिक्रिया