काठमाडौं । जेन्जी बिद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएक छन् । आज १०९ औ अक्टोवर क्रान्तिका सन्दर्भमा राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नौ नम्बर ब्युरोले अन्तरक्रिया आयोजना गरेको थियो। रुसमा लेनिनको नेतृत्वमा सम्पन्न भएको समाजवादी क्रान्ति लाई अक्टोवर क्रान्तिका रुपमा विश्वभरीका क्रम्युनिष्टहरुले मान्दै आएका छन। रुपमा समाजवादी क्रान्ति भएको १०९ वर्ष भएको सम्झनामा उक्त अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपि गजुरेलले देश गम्भीर संकटतिर जान थालेको र त्यसको हल गर्न सबै कम्युनिस्ट एकता, धुर्बिकरण नभए मोर्चाबन्दी गर्नुपर्न बताएका छन् । गजुरेलले आफूहरुले वर्तमान संसदीय व्यवस्थाको विस्थापनका लागि आफूहरुले निकै प्रयास नगरे पनि जेन्जीले पहल लिए पनि त्यसको संस्थागत नहुनु दुर्भाग्य भएको बताए । विगतमा भ्रस्टाचार र कुशासनमा लिप्त दलहरुलाई मात्रै निकासको लागि प्रधानमन्त्रीले बोलाएर यो सरकार पनि पुरानै दलदलमा फसेको पुष्टी हुन्छ उहाँले भन्न भयो।” “जेन्जीले भनेजस्तै हुने छाँट देखिएन अब निकासका लागि स्वाधीन संयुक्त सरकार एक मात्रै विकल्प हो”गजुरेलले थपे ।
कार्यक्रममा नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता राजेश्वरी सुवेदी, नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी समेतले आ-आफ्ना धारणा राखेको थिए।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले जेन्जीमा वर्ग र वर्गीय चेतको अभावका कारण सो आन्दोलनको उपलब्धि सून्य जस्तै भएको बताए । आफूहरुले सम्पूर्ण क्रान्तिकारीहरुलाई गोलबन्द गरेर दलाल पँजीवादी संसदीय व्यवस्थाविरुद्ध संघर्ष छेड्ने चेतावनी दिए ।सो पार्टीका ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेलले देशमा संसदवादी दल र व्यवस्थालाई विस्थापन गरी समाजवादी व्यवस्थाको लागि संघर्षको खाँचो भएको बताए ।
प्रतिक्रिया