विराटनगरमा पब्जी टुर्नामेन्ट : १८ वटा टिमको सहभागिता रहने

विराटनगरमा पब्जी टुर्नामेन्ट : १८ वटा टिमको सहभागिता रहने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ २०:५९ बजे

काठमाडौं ।  मोरङको विराटनगरमा विश्वचर्चित  भिडियो गेम पब्जीको इ-स्पोर्टस टुर्नामेन्ट हुने भएको छ। आउँदो भदौ १८ गते रेजरयाक्ट इ-स्पोर्टसु ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा पब्जी टुर्नामेन्ट  हुन लागेको  हो । 

आयोजकका अनुसार टुर्नामेन्टमा नेपालभरिबाट विभिन्न १८ वटा टिमको सहभागिता  हुने छन् ।  टुर्नामेन्टमा काठमाडौं, बुटवल, नेपालगञ्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टिमहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ । 

एउटा टिममा ४ जना खेलाडी रहने गरी टुर्नामेन्टको आयोजना गरिएको आयोजक समितिका सदस्य अनुराग क्षेत्रीले  बताएका छन् ।  'एक दिवसीय टुर्नामेन्ट'को आयोजना गरिएको हो। यसमा जम्मा ८ वटा गेम हुन्छ। एउटा गेम २५ मिनेटको हुने उनले बताएका छन् ।

सहभागीहरूमध्ये सर्वाधिक प्वाईन्ट हाँसिल गर्ने टिम टुर्नामेन्टको विजेता घोषित हुने  छ। आयोजकका अनुसार टुर्नामेन्टमा विजयी हुने टिमका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ। 

टुर्नामेन्टको विजेता टिमलाई ५० हजार र उप-विजेता टिमलाई २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिका सदस्य सन्दिप श्रेष्ठले बताए। 

टुर्नामेन्टमा तेश्रो र चौथो स्थान हाँसिल गर्ने टिमका लागि पनि क्रमशः १५ र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको  उनले जनाएका छन् । टुर्नामेन्टको एमभिपी अर्थात् स्टार प्लेयरका लागि समेत नगद पुरस्कारको व्यवस्था गरेका र गेमको स्टार प्लेयरले ५ हजार नगद पुरस्कार पाउने उनले बताएका छन् । 

दिनको ११: १० बजेदेखि सुरु हुने टुर्नामेन्टमा सहभागिताका निम्त्ति रजिष्ट्रेशनको व्यवस्था गरिएको जनाइएको छ। रजिष्ट्रेशनका निम्त्ति १२ हजार शुल्क तिर्नुपर्नेछ। आयोजकले 'आरटीडि इ-स्पोर्टस' र 'सर्जिकल नुब' नामक युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यममार्फत् टुर्नामेन्टको प्रत्यक्ष प्रसारणको व्यवस्थापन मिलाएको छ।

टुर्नामेन्टमा भने आइस अफिसियल, ओभरडोज, आर्केडिया इ-स्पोर्टस, हाफ एक्स-ब्लडेड, द लेजेन्ड्स, टिम रातो खुकुरी, डेभिल अफ नेपाल, फोरएएस इ-स्पोर्टस, रिफ्लेक्सेस अफ गड, ड्रेगो गेमिङ्ग र ड्रप टु डेथ लगायतका टिमहरूको सहभागिता रहने  जनाइएको छ । 


२०७९ भदौ १२ २०:५९ बजे

प्रतिक्रिया