नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको विशाल सभा काठमाण्डौमा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक २२ ०९:५३ बजे

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले हिजो काठमाण्डौमा विभिन्न झाकि व्यानर र र्‍यालीसहित प्रदर्शन गरेको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गरिएको नेकपाले बताएको छ ।

प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्दै अहिलेको राजनितिक समस्याको निकास सर्वपक्षीय सम्मेलन वाट सर्वपक्षीय अन्तरिम सरकार र सँविधानको पुनलेखन हो भन्नुभयो। 

देशको पछिल्लो राजनीतिमा कम्युनिष्टहरुका बीचमा एकता र विभाजनको लहर चलेको छ । विप्लव नेतृत्वको नेकपाबाट पनि केही दिन अगाडि चिरन पुन समुह विभाजित भएर माओवादी केन्द्रसहितको कम्युनिष्ट पार्टीहरुको एकीकरणमा सहभागी भएको थियो ।

२०८२ कात्तिक २२ ०९:५३ बजे

प्रतिक्रिया