सुदूरपश्चिम रोयल्सले कात्तिक २३ र २४ गते ट्यालेन्ट हन्टु गर्ने

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक १७ १४:५४ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट एकेडेमी ((डीसीए)मा सञ्चालन हुनेछ ।

ट्यालेन्ट हन्टमा सहभागी हुन कात्तिक १९ गतेसम्म खेलाडीले दर्ता गरिसक्नुपर्नेछ ।एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि आजबाट प्रशिक्षण पनि सुरु गरेको छ ।

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म आयोजना हुने तय भएको छ ।सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन रहेछन।


२०८२ कात्तिक १७ १४:५४ बजे

प्रतिक्रिया