केन्याविरुद्धको तेस्रो खेलमा नेपालको जित

केन्याविरुद्धको तेस्रो खेलमा नेपालको जित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ २०:३२ बजे
नेपालको जित

काठमाडौं । केन्याविरुद्धको तेस्रो टी-२० खेलमा नेपाल ४ विकेटको जित  निकालेको छ ।  सुरुमा ब्याटिङ गरेको केन्याले १५६ रन  जोड्दै नपाललाई १५७ रनको लक्ष्य दिएको थियो । जबाफि ब्याटिङमा  नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर लक्ष पूरा गर्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए भने अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन बनाए । केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २(२ विकेट लिए ।

केन्याको लागि राकेप पटेल र इर्फान करिमले अर्धशतक बनाएको थियो । नेपालका लागि सोमपाल कामी र बदिल आलमले एक-एक विकेट लिए ।

जितसँगै पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । श्रृंखलाको चौथो खेल सोमबार हुनेछ ।

२०७९ भदौ १२ २०:३२ बजे

प्रतिक्रिया