भदौ २३ गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको प्रदर्शन र २४ गतेको विध्वंशमा विदेशी नागरिकहरूको समेत सक्रिय उपस्थिति रहेको बल्ल खुल्न थालेको छ । अस्ति भाइटीकाको दिन र आज मध्यान्ह माइतीघरमा भएको जेन जीहरुको प्रदर्शनमा विशेषगरी नेपाली मूलका भारतीय र तिव्वतियन शरणार्थीहरुका जे एन जीहरुको उपस्थिति थियोे । भदौ २३ र २४ गतेको प्रदर्शनमा तिब्बती शरणार्थीहरुको संख्या धेरै रहेको सुरक्षा स्रोतको तथ्यांकले देखाएको छ ।
पछिल्ला दिनमा सिक्किमका सुरेन्द्रकुमार राईले नेपाली मूलका भारतीय जेन जीको बन्दोबस्त गर्दै आएको गुप्तचर अधिकारीहरु बताउँछन् । पश्चिम सिक्किमको मार्ताम निवासी राई ‘सेमिङ गुरु भारत’ को नामले चिनिन्छन् ।
कतिपयले उनको आधुनिक हतियार प्रयोग गर्न सक्षम टिमसँग घनिष्ठ सम्बन्ध रहेकाले पनि धेरै भारतीय नागरिक यताको आन्दोलनमा सहभागी भएको अनुमान गरेका छन् । कालो चस्मा लगाएर बानेश्वरको आकाशे पुलमा अस्ति फोटो खिचाई उनी आफ्नो टोलीसँगै सोही पहिरनमा अनुहारमा मास्क लगाएर माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी भएका थिए ।
उनले प्रधानमन्त्रीका निम्ति पत्र आफैं वाचन गरेको सहभागीहरुले बताए । यसका साथै भारतीयहरूकै सल्लाहमा यसअघि दर्ता भएको राजनीतिक दल “परिवर्तन पार्टी” सँग आवद्धता जनाउन समेत उनले सल्लाह दिइएको बुझिएको छ । यसबारे हामी नेपालका संयोजक सुदन गुरुङलाईसमेत सविस्तार सुनाइएको राई निकटस्थहरु बताउँछन् ।
भलै उक्त पार्टीका अध्यक्ष रमेश नाल्बो हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३, लाजिम्पाट ठेगाना राखिएको उक्त पार्टीका अध्यक्ष रमेशसँग यसबारे प्रतिक्रिया लिन खोज्दा प्रयास सफल हुन सकेन । उनी र उनको पार्टीले यसबारे औपचारिक रुपमा केही बताएका छैनन् ।
प्रतिक्रिया