काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट सामाजिक सँस्था अखिल भारत नेपाली एकता समाजले आज भारतमा रहेका नेपालीहरुको हकहित सुरक्षा र अधिकारको रक्षाको ग्यारेण्टीको माग गर्दै प्रधानमत्री लाई एक ज्ञापनपत्र वुझाएका छन।
भारत स्थित नेपालीहरूको समस्या समाधान गर्न प्रधानमंत्री लाई प्रधानमत्रीका मुख्य सल्लाकार अजयभद्र शर्मा मार्फत र परराष्ट मंत्रालयका सचिव अमृत बहादुर राइ लाई आज दिनांक २०८२ कार्तिक २ (तदनुसार १९ अक्टूबर २०२५ का दिन )अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाको नेतृत्वमा उपाध्यक्ष एम्बी हमाल, महासचिव महेन्द्र बस्याल, सदस्य खगेस्वर शर्मा र सल्लाकार कृष्ण केसी सहितको एक प्रतिनिधि मण्डलले एक ज्ञापनपत्र बुझाएको सल्लाकार कृष्ण के.सीले विम्व अनलाईन लाई वताएका छन।
प्रतिक्रिया