माओवादी बैठकमा होहल्ला

bimbonline बिम्ब अनलाइन
२०८२ असोज ९ १४:१५ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा सदस्य सबैले धारणा राख्न पाउने भएका छन् ।बिहीबार (असोज ९) काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि समूहगत छलफलबाट निष्कर्ष निकाल्ने महासचिव देव गुरुङले जानकारी गराए । त्यसपछि बैठक केही बेर प्रभावित भयो ।

केन्द्रीय सदस्य सुदन किराँती र रञ्जित तामाङले महासचिवको उक्त प्रस्तावको विरोध गरेका थिए । त्यसपछि सबै इच्छुक केन्द्रीय सदस्यले धारणा राख्न पाउने भएका हुन् ।बैठकमा हाल प्रचण्डको प्रस्तावमाथि पदाधिकारीले धारणा राखिरहेका छन् । पदाधिकारीपश्चात् इच्छुक केन्द्रीय सदस्यले धारणा राख्न पाउने प्रचण्डको सचिवालयले जनाएको छ ।

यही असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गरेका थिए । जारी केन्द्रीय कमिटी बैठकबाटै विशेष महाधिवेशन आयोजक समिति गठन गरिने जनाइएको छ ।आउँदो मंसिर अन्तिम साता हुने विशेष महाधिवेशनका निम्ति प्रचण्डकै संयोजकत्वमा आयोजक समिति गठन गर्ने तयारी छ ।


२०८२ असोज ९ १४:१५ बजे

प्रतिक्रिया