देशको विकास र समृद्धिमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री देउवा

देशको विकास र समृद्धिमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री देउवा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३ १५:०७ बजे
प्रधानमन्त्री देउवा
काठमाडौं ।  प्रधानमन्त्री तथा  नेपाली कांग्रेसका सभापति   शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पुरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण  रहेको बताउनुभएको छ ।
६० औँ इन्जिनियर दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एशोसिएसनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा  बोल्दै देउवाले इन्जिनियरहरुलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने  सरकार त्यार रहेका बताउनुभएको छ । उहाँले  राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको  दाबी समेत गर्नुभयो  । 
पूर्वाधार निर्माणमा देखिएको समस्याहरूलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यक भएकाले यसमा पनि इन्जिनियरहरूले भूमिका निर्वाह गर्नुपर्ने  उहाँको भनाई रहेका छ ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरुको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी विधेयक सदनमा रहेको र यही अधिवेशनले पारित गर्ने  बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यसैगरी वेस्ट इनोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियहरुलाई पनि सम्मान गरिएको थियो ।

२०७९ साउन ३ १५:०७ बजे

प्रतिक्रिया