स्वाधीन सँयुक्त सरकार निर्माणको माग गर्दछौ- सि.पि. गजुरेल का.वा.महासचिव

काग्रेस एमाले माओवादी केन्द्र सहितका सँसदवादी पार्टीको भ्रष्टिकरण नातावाद जस्तै कुकर्मको कारण देशको यस्तो अवस्था आएको पार्टीले ठहर गरेको छ।

bimbonline बिम्ब अनलाइन
२०८२ असोज ३ १०:४७ बजे
सि.पि. गजुरेल गौरव का.वा. महासचिव

काठमाण्डौ। भाद्र २३  र २४ गते को घटनाले नेपालको राजनितिमा ल्याएको परिवर्तन वारे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका का.वा. महासचिव सिा.पि. गजुरेलले आज एक वक्तव्य जारी गर्दै जेन-जेडको  आन्दोलनको स्प्रिट सहि रहेको आन्दोलनमा मृत्यु भएकोहरु लाई शहिद घोषण गर्दै यो सरकार  अमेरिका- भारत परस्त भएको हुदा यसको खारेज गरिनु पर्ने वताएका छन।

पार्टीको पिविको वैठकले दलाल तथा नोकरशाही पूँजीवादी अर्थव्यवस्थामाथि उभिएको सरकारको विकल्पमा वामपंथी, देशभक्त र क्रान्तिकारी जनवादी पार्टी, समूह र व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने, त्यो सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरी जनसंघर्षमा जाने र त्यो जनसंघर्षका प्रक्रियामा स्वाधीन संयुक्त सरकार निर्माण गर्दै जनगणतन्त्रात्मक संविधानतिर अघि बढ्ने नीति पारित गरेको वताएका छन । यस आधारमा कार्यगत एकता र संयुक्त मोर्चा निर्माण गर्ने नीति लिइएको जनाएका छन।

वक्तव्यमा भनिएको छ भाद्र २३ र २४ गते घटेका घटनाहरु नेपाली समाजको इतिहासमा सकारात्मक र नकारात्मक दुवै दृष्टिले अविस्मरणीय बन्न पुगेका छन् । सन् १९९७ देखि २०१२ को डिजिटल युगमा जन्मेका १३–२८ वर्षसम्मका युवा पुस्ता ‘जेन–जेड’को सुनामी विद्रोहले नेपालका संसदवादी राजनीतिक पार्टीहरुलाई भ्रष्ट्राचार, स्वतन्त्रता हनन्, विकृति र विसंगतिका लागि कलंकको टीका लगाउँदै कठोर सजायँ दिएको छ, सत्ताच्यूत प्रतिगामी र दलालहरुको ठीक समयमै पहिचान गर्न र क्रान्तिकारीहरुलाई सामाजिक परिस्थितिमा आश्चार्यजनक ढंगले हुने आकस्मिक परिवर्तनलाई प्रतिबिम्बन गर्न गतिशील बन्नुपर्ने चेतावनी दिएको छ ।

लामो समयदेखि थुप्रिएको भ्रष्टाचार; शोषित–उत्पीडित नेपाली श्रमजीवी जनताले पूर्ण मुक्तिको आशा गरेको महान् जनयुद्ध र जनआन्दोलनबाट खाएको धोका; नवऔपनिवेशिक आर्थिक–सामाजिक स्थितिले जन्माएको दलाल तथा नोकरशाही पूँजीवाद र त्यसको राज्यव्यवस्था; कहालीलाग्दो बेरोजगारीका कारण विश्व श्रम बजारमा पोखिएको युवा रगत पसिनाद्वारा आर्जित विप्रेषणमा गरिएको शासकवर्ग र म्यानपावर कम्पनीका शोषकहरुको भोजभतेर; शिक्षा, स्वास्थ्य र संचारप्रदायी संस्थाहरुको निजीकरण र ब्रह्मलुट; आकाशिदो कालोबजारी; सरकारी बजेटमा केन्द्रदेखि स्थानीय तहसम्म लुटखसौट; निजामति तथा जंगी अड्डाहरुमा दृश्य तथा अदृश्य भ्रष्टाचार, डिजिटल युगमा सामाजिक संजालमाथि प्रतिबन्ध यो विद्रोहका लागि नियमिततामा जम्मा भएको बारुद हो भने त्यसमा जेनजेड पुस्ताले यतिबेलै आगो झोसिदिनु आकस्मिकता हो भनि वक्तव्यमा उल्लेख गरेका छन।

यो विद्रोह इमान्दार स्वतन्त्रताकामी युवाहरुको स्वतस्फूर्त विस्फोटन हो । तर यसलाई मौका कुरेर बसेका साम्राज्यवादी, विस्तारवादी, प्रतिगमनकारी र अवसरवादी तत्वहरुले आ–आफनो निहित स्वार्थमा उपयोग गर्न खोजे । देशभित्र प्रतिगमनको पल्लाभारी हुनै थालेको बेला साम्राज्यवादी र विस्तारवादीहरु पनि यथास्थितिवादी सम्झौतामा पुगे । हाम्रो पार्टी समग्र युवा पुस्तालाई युवा जोशमा समग्र योजना र भावी परिणामलाई सामना गर्ने तागत विना अघि बढ्नु विनाशलाई निम्त्याउनु हो र हाम्रो शक्तिलाई अनावश्यक बलिदान गर्नु हो भनी सचेत बनाउन चाहन्छ । यसको साथै यो उलटपुलटकारी तागतलाई हार्दिक बधाई दिदै शहादत प्राप्त गर्ने युवाहरुलाई शहिद घोषणा गर्दछ र तिनका परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दछ । साथै सही मार्गदर्शक सिद्धान्त, कार्यदिशा र उद्देश्य भएको पार्टीले मात्र शहिदहरुको वास्तविक सपना पूरा गर्न सक्दछ भन्ने तथ्यलाई पुनः स्मरण गर्न चाहन्छौ भनि वक्तव्यमा उल्लेख गरेका छन।

यो जेनजेड विद्रोहबाट के कुरा पुनर्पुस्टि भएको छ भने बनिबनाउ राज्यसत्ता यथावत राखेर विद्यमान राज्यसत्ताकै सरकारमा जानु भनेको क्रान्ति होइन, यथास्थितिवाद हो । शोषकवर्गको सत्ता शोषितवर्गले ध्वस्त पारेर शोषितवर्गीय अधिनायकत्व कायम गर्नु क्रान्ति हो । राज्यसत्ता भनेकै सरकार हो भन्ने कुरामा जनतालाई भ्रम पारेर नै संसदवादी कम्युनिष्टहरु र काँग्रेसले आजको स्थिति निम्त्याएका हुन् । यो राज्यसत्ताको मेरुदण्ड स्थायी सेना हो भन्ने कुरा पनि पुर्नपुष्टि भएको छ । हाललाई राष्ट्रपतिको अडान, राज्यसत्ताका विभिन्न निकायमा रहेका प्रगतिशील र देशभक्त पक्षहरु, साम्राज्यवाद र विस्तारवादको अन्तरविरोध तथा सम्झौताले देश यतिबेला यथास्थितिमा अड्केको छ । तर, हाम्रो पार्टी प्रतिगमनको खतरा नटरेको कुराप्रति आम जनतालाई सचेत हुन विशेष आह्वान गर्दछ भनि वक्तव्यमा उल्लेख गरेका छन। 



२०८२ असोज ३ १०:४७ बजे

प्रतिक्रिया