पृय हजुरबुबा प्रचण्ड
छिया छिया भएको मुटुवाटै
लाल सलाम
मेरा बाबा सहिद(जयराज भट्ट क.विनय)हुदा जम्मा म सात बर्षकि थिए । मेरो बाबाले ३६ बर्षको उमेरमा यो देशको लागि बलिदान गर्नु भो मेरो आमा जम्मा २६ र २७ बर्षकी थिईन ।हामीले न बाबाको लास देख्न पायौ न सास नै पार्टीको जिम्मेवारी कै सिलसिलामा बझाङ बाझ गाविसको सनसिउमा हत्या भएको खबरले मेरो हजुर आमा र मेरी आमाले खुलेर आखाको आशु झार्न पनि पाउनु भएन। मलाई झिनो सम्झना छ शिरक भित्र मुख छोपेर मेरीआमाले ग्वाँ-ग्वाँ रोएको ।बाबाले देखाएको बाटोमा मेरो काकाहरु हिड्नु भयो। साईलो काका (खगराज भट्ट) २०५२ साल मै जेलको कठोर यताना भोग्नु भयो । मलाई सम्झना छ संकटकाल भरी रात दिनको पुलिसहरुको टर्चर घरमा आएर तेरा अरुछोरा कहाँ छन घर बोलाउ नत्र जेठो छोरा मारे झै मारि दिन्छौ भनेर मेरो हजुरआमा र हजुरबुबालाई सताएको अनि घरमा भएका अन्नका भकारी छिलविल पारेको।उफ अन्तत्वगत्वा बाबाले हामिलाई छोडेको केही महिना मै मेरी आमा पनि बाबाको बन्दुक बोक्ने साहास गरेर अंकलहरु सगै युध्दमा हिन्नु भयो र पनि कहिल्यै निराश भइएन मेरो बाल मानसपटलमा नेपालमा केही हुन्छ सबैले सुख पाउँछन् नेपाली जनता दासताको जन्जिरबाट मुक्त हुन्छन भन्ने दृढ विश्वास थियो तर यो सपना सान्ति सम्झौता सगै विस्तारै धुमिल हुँदै गयो ।
पृय हजुरबुबा प्रचण्ड
सोझा साझा किनारा लाग्दै गए आसेपासे मोटाउदै गए आदर्श मानिएका नेताहरु दिनानुदिन स्खलित हुँदै गए बंगला माथि बंगला थप्दै गए ।आज मेरो बाबाको सपना अधुरो रह्यो नेताहरुको रबय्या बढ्दै गयो । यो कुरा म र मेरोपरिवारको लागि असह्यो थियो आज मैले, मेरो पुस्ताले गरेको दुईदिनको जेन-जी आन्दोलनले सिर्स भनिएका नेता शेर बहादुर देउवा, केपि वली अझ भनु मेरो बाबाले प्राणको आहुति दिएर बनेको पुष्पकमल दाहाल उर्फ प्रचण्डका हर्कत एउटै देख्नको पीडा सहि नसक्नु छ।कम्तिमा प्रचण्ड सेर बहादुर केपि वली जस्ता होईनन भन्न सक्ने हालतमा म छैन । प्रचण्ड हजुरबा तपाईहरुको मुकुण्डो पनि उदाङ्गो भएको छ । तपाईहरुको घर सम्पति जलेको पीडा भन्दा हजारौं अवसर नपाएका शहिद परिवार घाईते र योगदान गर्ने नेता कार्यकर्ताको भावना जलेको पीडा ले छट्पटीएको छु।
धन्यवाद
उहीँ नयाँ नेपाल चाहने पुजा भट्ट(शहिद जयराज भट्टको छोरी)
डडेलधुरा अजयमेरु-४
प्रतिक्रिया