काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आइतबार बसेको एमाले निर्वाचन परिचालन कमिटीको बैठकले उक्त निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।
बैठकले ३४ सदस्यीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय पनि गठन गरको छ । जसको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन भएका छन् ।
प्रतिक्रिया