काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपि गजुरेलले हिजो एक वक्तव्य जारी गर्दै नेपालको अभिन्न भूभाग कालापानी र लिपुलेक हुँदै भारतबाट चीनको तिब्बतसम्म पुग्ने व्यापारमार्ग विस्तार गर्न हालै चीन र भारत सरकारले गरेको सहमतिले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताप्रतिको ठाडो हस्तक्षेप गरेको वताएका छन ।
भारत र चीन सरकारको यस प्रकारको हेपाहा प्रवृत्तिको तीव्र विरोध एवम् भत्र्सना गर्दछौ भनि वक्तव्यमा उल्लेख गरेका छन । नेपाललाई पुरै वेवास्ता गरी नेपाली भूभागबाट व्यापारमार्ग खोल्ने भारत र चीनको यो निर्णयका विरुद्ध जोडदार आवाज उठाउन र समस्या समाधानका लागि नेपाल सरकारलाई दवाव दिन देशभक्त नेपालीप्रति हार्दिक आह्वान गर्दछौ भनि वक्तव्यमा उल्लेख गरेका छन ।
प्रतिक्रिया