सन्धिखर्क। २०८२ साउन ३१ गते क्रान्तिकारी दलित मुक्ति मोर्चाको नेपाल जागरण जनयात्रा तथा अर्घाखाँची प्रथम जिल्ला भेला सन्धिखर्कमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि क्रान्तिकारी दलित मुक्ति मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ब्युरो न ५ संयोजक विक्रम नेपालीले वर्तमान दलाल संसदीय ब्यवस्थाबाट दलित सामुदायका समस्या समाधान हुन नसक्ने वताउनुभयो। उहाँले दलित समस्या वर्गिय समस्यासंग जोडिएको हुदा दलित मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनसंग जोडेर जानुपर्ने बताउनु भयो।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल वैकल्पिक पोलिट ब्युरो सदस्य जिल्ला इन्चार्ज नरेन्द्र थापा, केन्द्रीय सदस्य अर्घाखाँची जिल्ला सेक्रेटरी राजेन्द्र नेपाली, अखिल नेपाल जनसांस्कृतिक मंच नेपालका केन्द्रीय सदस्य वुद्दिराम गैरे, क्रान्तिकारी महिला संघकी ५ ब्युरो सदस्य सरस्वता नेपाली, युवा संघका तारा नेपालीले सम्वोधन गर्नुभएको थियो।
प्रथम जिल्ला भेलाले तारा नेपालीको संयोकत्वमा १३ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ। सदस्यमा हिम्मत बिक, माया नेपाली,कमल बिक, प्रेम बिक,मिना नेपाली, नारायण नेपाली अशोक नेपाली गणेश नेपाली, सिता बिक दीपक बिक रहनुभएको छ। प्रेम बिकको अध्यक्षतामा अगाडी बढेको कार्यक्रममा शहिदहरूप्रति एक मिनेट मौनधारण पछि मजनता नेपालीले स्वागत गर्नुभएको थियो कार्यक्रम माया नेपालीले सञ्चालन गर्नुभएको थियो।
प्रतिक्रिया