वामपन्थी पार्टीहरु विच भेटघाट

bimbonline बिम्ब अनलाइन
२०८२ साउन ३० २०:४४ बजे

काठमाडौँ । आज वाम पार्टीहरूको बीचमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल भएको छ। विश्वमा साम्राज्यवादीहरूको बीचमा चलिरहेको युद्ध, प्यालिस्तानी जनतामाथि इजरायली विस्तारवादको नरसंहार, नेपाल माथि विदेशी हस्तक्षेप, प्रधानमन्त्री के पी शर्मा ओलीको आसन्न भारत भ्रमण, देशमा बाम शक्तिहरूमा प्रगतिशील चरित्रको स्खलन लगायतका विषयमा छलफल गरिएको हो ।

राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको प्रश्नमा मिल्न सक्ने हदसम्म सम्पूर्ण बाम शक्तिहरू संयुक्त मोर्चा बनाएर वा वा कार्यगत एकता गरेर जानुपर्ने बारेमा समेत छलफल भएकोछ ।

आजको छलफलमा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपाली,अखिल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नारायण शर्मा,नेकपा एकीकृत समाजवादीकै स्थायी समिति सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्यहरू केदार प्रसाद सन्जेल र रामेश श्रेष्ठ ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य रामबहादुर बुढा, अखिल नेपाल कम्युनिस्ट पार्टीका महासचिव लक्ष्मण उप्रेती समेतको उक्त छलफल कार्यक्रममा सहभागिता रहेको थियो।



२०८२ साउन ३० २०:४४ बजे

प्रतिक्रिया