काठमाण्डौ। थारु समुदायको मुक्तिका लागी स्थापना गरिएको भनिएको रेशम चौधारीको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम चौधरी टिकापुर हत्याकाण्डमा जेलपरे पछि आफ्नी श्रीमति रन्जिता चौधरी लाई पार्टीको अध्यक्ष घोषणा गरे थिए।
जेल सजायको माफि मिनाहा वाट रेमश छुटे पछि पछिल्लो समयमा रेशम चौधरी र रन्जिता श्रेष्ठ (लोग्ने-स्वास्नी) विच खडपड शुरु भएर वोलचाल समेत वन्द भएको थियो। लोग्ने-स्वास्नी एउटै पार्टीमा वस्न नसक्ने अवस्था सृजना भएपछि रेशम चौधरीले छुट्टै पार्टीको भेला वोलाइ आफ्ना वुवा लालवीर चौधरीलाई अध्यक्ष निर्वाचित गराएका थिए।
रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा दिएको उजुर र पार्टीको विवरण अधावधि गर्ने क्रममा नागरिक उन्मुक्ति पार्टीको वैधानिक अध्यक्ष को भन्ने वारे विवाद सृजना भएकोमा निर्वाचन आयोगले लालवीर चौधरी अवैधानिक भएको र वैधानिक अध्यक्ष रन्जिता श्रेष्ठ भएको ठहर गरेको छ।
रन्जिता श्रेष्ठलाई हटाउँदै नागरिक उन्मुक्ति पार्टीको एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो। अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
राजनैतिक दलसम्बन्धी ऐन र नागरिक उन्मुक्तिको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको हो। निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो। दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए।उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रन्तिलालाई नै अध्यक्ष कायम गरिएको आयोगले बताएको छ।
नागरीक उन्मुक्ति पार्टी थारु जनताको पार्टी नभई रेशम चौधरीको लोग्ने-स्वास्नी र वुवाको पार्टी वा पारिवारीक पार्टी भएको आम जनताको वुझाइ रहेको छ।
प्रतिक्रिया