काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले (म्याट्रिक्स फाइटर नाइट–१७)मा बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । आज राष्ट्रपति पौडेलले मिक्स मार्सल आर्ट (एमएमए)फाइटर रवीन्द्रलाई बधाई दिएका हुन् ।
“नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा बान्टमवेट च्याम्पियनसिप उपाधि जित्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु,” राष्ट्रपति पौडेलले भनेका छन् । गत शनिबार राति रवीन्द्रले भारतका चुनरेङ कोरेनलाई हराएर उपाधि जितेका थिए
प्रतिक्रिया