नेकपा (बहुमत) समूह अन्ततः फेरी एक वर्ष नपुग्दै फुटको अन्तिम संघारमा पुगेको छ । पार्टी भित्रको अन्तरविरोध छताछुल्ल पार्दै एक अर्कालाई कार्वाही गरेको विज्ञाप्ति निकालेका छन ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनमा फरक दस्तावेज पेश गरेको धर्मेन्द्र समुहले महाधिवेशनमा दस्तावेज माथि छलफल वहस र मतदान नगरी एकता महाधिवेशन भन्दा अधि नै पार्टी विभाजन गरेको घोषण गरेका थिए।
पार्टी विभाजन गरेको एक वर्ष नपुग्दै पुन.महासचिव आफै रहेका वास्तोलाले पार्टीको नीति र सिद्धान्त सहि बनाएर पार्टी चलाउन नसकेको भन्दै ३२ जना केन्द्रीय सदस्यहरुले धर्मेन्द्र‘निशेधात्मक,अधिभूतवादी,स्वच्छाचारी र सर्वसत्तावादी’ भएको गम्भीर आरोप लगाउदै शुक्रवार एक सँयुक्त विज्ञप्ति निकालेका छन ।
विज्ञप्तिमा अकल्पनीय ढंगबाट केहि जिम्मेवार कमरेडहरुमाथि मिच्या आरोप लगाउदै कथित निस्कासन र निलम्बनको वक्तव्य जारी गर्नु विखण्डित मानसिकताको उपच भएको उल्लेख गरिएको छ ।विज्ञप्तिमा महासचिव धर्मेन्द्रको चरम फुटवादी, विखण्डनकारी, निशेधात्मक अधिभूतवादी, गैर माक्र्सवादी प्रवृत्तिलाई उदांगो पारेको भनिएको छ ।
विज्ञप्तिमा अगाडी भनिएको छ ‘यसले के प्रष्ट हुन्छ भने उहाँ संगठनात्मक सिद्धान्त वा पार्टी र क्रान्तिको हित विपरीत निशेधात्मक अधिभूतवादी,स्वेच्छाचारी र सर्वसत्तावादी व्यक्तिको रूपमा व्यक्त हुनुभएको छ । यस प्रकारको गैरमाक्र्सवादी व्यबहारको हामी घोर भ्रत्सना गर्दछौं ।’
समस्या सावधानका लागि ४९ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा ६ बुदे सुझाव सहितको असहमति पत्र दर्ज गरिएपनि समस्या समाधान नगरीको विज्ञप्तिमा उल्लेख छ ।
कार्वाहि सच्याउनुपर्ने भनि युवा विधार्थीका हरिश भट्ट सहित ९ वटा जनवर्गिय सँगठनका पदाधिकारीहरुले पनि छुट्टै सँयुक्त विज्ञप्ति निकालेर कार्वाहि पार्टीको विधान सम्मत नभएकोले फिर्ता लिनुपर्ने जनाएका छन। यसरी दिन दिनैको वक्तव्यले वहुमत भित्र धर्मेन्द्र गुट र अर्को गुटको दोहरी आज सम्म जारी रहेको देखिन्छ।
केही दिन अघि महासचिव वास्तोलाले पार्टीका केन्द्रीय सदस्य सरद रसाईली र पूर्ण रसाईलीलाई पार्टीबाट निस्कासन गरेको विज्ञप्ति जारी गरेका थिए ।नेकपा बहुमत समूह भित्र यस प्रकारको बक्तव्यवाजीले पार्टी फुटको दिशातिर गएको सजिलै बुझन सकिन्छ ।नेतृत्वमा हुनुपर्ने गुण र क्षमता वास्तोलामा पहिलेदेखि नै नभएका कारण क्रान्तिकारी कम्युनिष्ट पार्टी वाट फुटेको एक केन्द्रीय सदस्यले दाबी गरेका छन ।
पार्टी कुनै भावना लहडले चल्ने नभए सहि सिदान्त विचार राजनितिका साथै सँगठनात्मक अनुशासन प्रणालीले मात्र पार्टी चल्न सक्छ। लेनिनवादी सँगठनात्मक प्रणाली विना कुनै हुल वा जमात जम्मा भएर पार्टी चल्न सक्दैन। क्रान्तिकारी विचार र अनुशासित सँगठन विना क्रान्तिकारी पार्टी वन्न सक्दैन क्रान्तिकारी पार्टी विना क्रान्ति हुनै नसक्ने भएकोले निश्चित स्वार्थले जम्मा भएको जमात वा हुल स्वार्थ नमिल्दा तितर वितर टुटफुट विभाजन हुन स्वाभाविक भएको जानकारहरु वताउछन।वास्तोलाले गरेको कार्वाहि फिर्ता नगरे निकट भविश्यमा अर्को पार्टी घोषण गर्ने नाम नलेख्ने शर्तमा एक केन्द्रिय सदस्यले विम्व अनलाईन लाई वताएको छन। विज्ञप्तिमा नाम र हस्ताक्षर भएका केन्द्रिय सदस्य विचित्र सहित केहिले आफ्नो हस्ताक्षर किर्ते गरेको भनि फेसवुक वालमा स्टाटस समेत लेखेका छन। विज्ञप्तिहरुका पुर्णपाठ-
प्रतिक्रिया