माओवादी केन्द्र पुनः फुट्को सँघारमा

चाकडी र चाप्लुसी प्रवृत्ति अन्त्य गर्नुपर्ने सुदन किराँतीले विश्लेषण गर्दैै प्रभाकर लाई साथ दिएका छन।

bimbonline बिम्ब अनलाइन
२०८२ साउन १५ १०:५० बजे
प्रचण्ड अध्यक्ष नेकपा(माओववादी -केन्द्र)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र भित्र यतिबेला अन्तरविरोध उत्कर्षमा छ । पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीमा उपमहासचिव जर्नादन शर्माले प्रश्न उठाएपछि विवाद चुलिएको छ । यो पार्टी पुनः फुट्को सँघारमा पुगेको छ।

विवाद दुई नेता विच मात्रै सीमित छैन । पार्टी केन्द्रीय नेतादेखि पार्टीको जनवर्गीय मोर्चासम्म नै पुगेको छ । यतिबेला सार्वजनिक मञ्चमा नै पार्टीको आन्तरिक राजनीतिमा असहज परिस्थिति सिर्जना भएको देखिन्छ । राजनीतिक बृतमा माओवादी पुनः फुट्न लागेको चर्चा चलिरहँदा प्रचण्डले माधव नेपालसँग एकताको कार्ड फ्याकेका छन् ।

टुटफुट र छिन्नभिन्नले गतिलो झापड भेटेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रमा पुनः हलचल मच्चिएको छ । प्रचण्ड–जनार्दनबीच एक वर्षअघि विवाद चुलिएको थियो । 

त्यतिबेला जनार्दनलाई प्रचण्डले थामथुम पार्ने काम गरे । तर प्रचण्डको पुरानै रवैया कायमै रहेपछि नेतृत्वकै विरोधमा उत्रिएका हुन् जनार्दन शर्मा उर्फ प्रभाकर । शर्माको यो टकरावले माओवादी केन्द्रमा यतिबेला उकुसमुकुसको परिस्थिति सिर्जना भएको छ । शर्माले प्रचण्ड ब्रान्डको खुलेरै आलोचनामा उत्रिएपछि तीन दशक यता पार्टीको मुल नेतृत्वमा रहेका प्रचण्डले दबाब तथा असहज महसुस गरिरहेका छन् । दुई नेता विचको विवाद उच्च विन्दुमा पुग्दा पार्टी भित्र केन्द्रीय नेताको हिसाबकिताव भइरहेको चर्चा छ । 

केन्द्र, प्रदेश र स्थानीय तहमा नेता तथा कार्यकता पंक्तिसम्म नै गुटगत बहस चर्किएको छ । भ्रातृसंगठनका नेताहरु समेत कित्ता किलियर गर्न र आफ्ना नेताको रक्षामा उत्र्रिएका छन् । दुबै पक्ष आरोप प्रत्यारोपमा उत्रिदा माओवादी भित्रको कलह छरपष्ट मात्रै भएको छैन, पार्टी फुटको चर्चा समेत भइरहेको छ । 

विवादले सर्वत्र स्थान पाएका बेला उपमहासचिव शर्माले सामाजिक संजाल मार्फत् कार्यकर्तालाई सम्हालिन र अध्ययन गर्न आह्वान् गरेका छन् । यसविचमा शर्मालाई राहत मिल्नेगरी अर्का नेता सुदन किरातीले प्रचण्ड विरुद्ध आक्रोश पोखेका छन् । चाकडी र चाप्लुसी प्रवृत्ति अन्त्य गर्नुपर्ने किराँतीको विश्लेषण छ । 

२०८२ साउन १५ १०:५० बजे

प्रतिक्रिया