संघ र प्रदेश उम्मेदवार बन्न एमालेले तोक्यो यी ५ मापदण्ड

संघ र प्रदेश उम्मेदवार बन्न एमालेले तोक्यो यी ५ मापदण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १८:०० बजे
एमाले

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन पाँचवटा मापदण्ड तोकेको छ ।  शनिबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकले  मापदण्ड तोकेको छ । 

जसमा पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिबद्धता भएको, लोकप्रियता र विजयको सुनिश्चितता भएको, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान दिएको, सन्तुलन र समावेशीता मिलेको तथा निर्वाचन कानुन बमोजिमको योग्यता भएको हुनुपर्ने मापदण्ड बैठकले तय गरेको हो । 

क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले रायसहित सिफारिस गर्न निर्देशन दिएको बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले  जनाएका छन् । त्यसरी सिफारिस गर्दा एक महिलासहित ३ महिलाको नाम अनिवार्य सिफारिस गर्नुपर्नेछ । सिफारिस अन्तिम नहुने भएकाले केन्द्रले मात्रै उम्मेदवारको अन्तिम निर्णय गर्नसक्ने  गुरुङले जनाएका छन् ।   

२०७९ भदौ ११ १८:०० बजे

प्रतिक्रिया