वामपन्थी दलहरुको गठबन्धनका लागि एमालेको आह्वान

वामपन्थी दलहरुको गठबन्धनका लागि एमालेको आह्वान

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १७:४१ बजे
वामपन्थी दलहरुको गठबन्धन

काठमाडौं ।   नेकपा एमालेले चुनावी वामपन्थी गठबन्धनका  लागि आह्वान गरेको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो ।

वामपन्थी शक्तिहरु एक भएर गयौ भने देशमा परिवर्तनका लागि सहज  हुने एमालेको भनाई रहेको  छ । बहुमतको सरकार निर्माण गरेर राजनीतिक स्थायित्वको राष्ट्रिय संकल्प खोजेका लागि पोलिटब्युरो सदस्य विशाल भट्टराईले छरीएका रहेका वामपन्थीहरुलाई एक हुन आग्रह  गरेका छन् । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको रोग अलापेर मात्रै नहुने बताएका थिए । ुकेही दक्षिणपन्थी शक्तिहरुलाई पार लगाउन उतै टाँसिएका छन् । यदि साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्‍यो,ु ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, ुविचार मिल्नेहरु एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं ।ुयसअघि अध्यक्ष ओलीले आफूबाहेक कोही पनि वामपन्थी शक्ति नभएको बताएका थिए ।

बैठकले मंसिरमा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको छ । 

२०७९ भदौ ११ १७:४१ बजे

प्रतिक्रिया