एमालेले समानुपातिकबाट सांसद भैसकेकालाई नदोहोर्‍याउने

एमालेले समानुपातिकबाट सांसद भैसकेकालाई नदोहोर्‍याउने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १७:३१ बजे
एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० गतेसम्म उम्मेदवार सिफारिस गरिसक्न पार्टीका सम्बन्धित कमिटीहरुलाई निर्देशन जारी गरको छ । 

शनिबार सकिएको एमाले केन्द्रीय कमिटी बैठकले  निर्देशन गरेको  हो ।  एमालेले ‘पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्धता, लोकप्रिय र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता र निर्वाचन कानुन बमोजिकको योग्यता’लाई उम्मेदवार छनौटको मापदण्ड बनाएको छ। तर, समानुपातिकतर्फका उम्मेदवार छनौटमा एक पटक अवसर पाइसकेकालाई नदोहोर्‍याउन भनिएको छ।

समानुपातिक मत पार्टीको कमाइ भएकोले सबैलाई पालैपालो अवसर दिनुपर्ने एमालेको  एमालेले बताएको छ ।‘समानुपातिक मत भनेको पार्टीको लोकप्रियतामा प्राप्त मत हो। यसमा संगो पार्टी पङ्तिको योगदान रहेको हुन्छ। समानुपातिक मत सामूहिक कमाइ हो, तसर्थ, समानुपातिकतर्फको बन्दसूची तयार गर्दा सबै मिलेर कमाउने र दामाशाहीमा वितरण गर्ने भन्ने पक्षलाई ध्यान दिइनुपर्छ,’ एमालेले भनेको छ, ‘त्यसैले, समानुपातिक वा कुनै पनि अप्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने स्थानमा एकचोटी अवसर प्रयोग गरेका पार्टीका नेता कार्यकर्ता वा समर्थकहरुलाई आमरुपमा दोहोर्‍याउनु हुन्न। यस्ता  क्षेत्रमा पालैपालो वितरण प्रणाली लागु गरिनुपर्छ।’

प्रत्यक्षतर्फ भने कतिपटक उम्मेवार हुने भन्ने तर्क व्यवहारिक नहुने एमाले  जनाएको छ । ‘प्रत्यक्षतर्फ निर्वाचन दाउपेच आवश्यकता र लोकप्रियताको पक्षलाई पनि ख्लाल  गरीने उमालले  जनाएको छ ।

२०७९ भदौ ११ १७:३१ बजे

प्रतिक्रिया