अर्धाखाँची। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत जिल्लाका छ वटै पालिकाहरुमा ज्ञापनपत्र वुझाइएको छ।
जिल्लाका सितगँगा,सन्धिखर्क,भुमिकास्थान नगरपालिका र पाणिनी , छत्रदेव ,मालारानी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। सितगंगा नगरपालिकाको अमराइ, पाणिनी गाउँ पालिकाको दुगाफाट र छत्रदेव गाँउ पालिकाको रिठारुख र मालारानी गाउँ पालिकाको खनदह र रतनमारेमा भ्रष्टाचार विरुध्दका जागरभ सभा सम्पन भएका छन।
सभाका कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय बैकल्पिक पोलिटब्युरो सदस्य नरेन्द्र थापा, पार्टीका पोलिटब्युरो सदस्य कृष्ण केसी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले सम्वोधन गर्दै देश भ्रष्टाचारले आक्रान्त बनेको वर्तमान राज्यका निकायहरुमा भएको भ्रष्टाचार हटाउन एव राज्य व्यवस्था परिवर्तन गर्न जनता नै जुरुक्क उठेर दलाल संसदिय व्यवस्था फाली नयाँ जनवादी गणतन्त्र स्थापना नगरे सम्म भ्रष्टाचार अन्त नहुने ठोकुवा गर्नुभयो।
कार्यक्रमहरु कमल भुसालको सञ्चालन तथा समापन गर्नु भएको थियो। कार्यक्रममा पार्टी नेता, कार्यकर्ता र जनताको उल्लेखनिय उपस्थिति रहेको सचिव राजेन्द्र नेपालीले बिम्व अनलाइन लाई वताएका छन।
प्रतिक्रिया